रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

गणपति मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगीकुटीमा उद्घाटन

बुटवल । रुपन्देहीमा छाटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपति मिष्ठान्न भण्डारले सातौं शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ ।

सातौं शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उनले व्यवसायीक सफलताको शुभकामना दिदै पछिल्लो सयमा नेपालमा केही छैनन, व्यवसाय भन्नेहरुको लागि गणपतिले उदहारण पेश गरेको बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका मनोनित सदस्य नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, मिष्ठान्न तथा क्याट्रिङ्ग व्यवसायी संघका कमल पोखरेल लगायतयको सहभागीता रहेको थियो ।

करोड ५० लाख रुपैयाँ लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा यो शाखा शुभारम्भ भएको हो ।

बुटवलको ट्राफिकचोक, मिलनचोक र देवीनगर तिलोत्तमाको मणिग्राम र ड्राइभरटोल र त्यस्तै सैनामैनाको मुर्गीयामा शाखा संचालन भएका छन् ।

बुटवलमा आज भन्दा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यी शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई विक्रि हुदै आएका छन् । जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको अध्यक्ष नारायण केसीले जानकारी दिए ।

योगीकुटी शाखामा गणपतीको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।

योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित