‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत

लुम्बिनी विकास काेषका नवनियुक्त याेजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएकाे छ ।

साेमबार काेषमा आयाेजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बाेल्दै काेषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हाे भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए ।

नवयुक्त याेजना प्रमुख भट्टसंग ठुलाे अपेक्षा रहेकाे उल्लेख गर्दै लुम्बिनीकाे विकास गर्न टिमवर्क आवश्यक रहेकाे बताए । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले नया याेजना प्रमुखलाई स्वागत गर्दै टिमवर्कमा काम गर्ने बताए ।

नवनियुक्त याेजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीकाे सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । साथै काेषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयाेग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा निवर्तमान याेजनाप्रमुख एव बरिष्ठ ईञ्जिनियर सराेज भट्टराईले पुराना कुरा विर्सेर आगामी याेजना निर्माण गर्नु पर्ने बताए । उनले नवनियुक्त याेजनाप्रमुख सहकार्य र सहयाेग गर्न तयार रहेकाे बताए ।

प्राविधिक फाँटकाे प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेकाे सन्दर्भमा महिला पमुख हन सुखद भएकाे उनकाे भनाई थियाे । कार्यक्रममा काेषका कार्यकारी सदस्य श्याम राेक्का, विश्वराज पाैडेल र कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित