गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

प्रहरीले बोकेको टियर ग्याँसको हतियार कांग्रेस र राप्रपाका जनप्रतिनिधिले खोस्ने प्रयास गरेपछि देबदह नगरपालिकामा तनाव

देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।

कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ । अहिलेपनि मल्लयुद्ध जारी रहेको छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास जारी छ भने सुरक्षाकर्मीले छेक्ने प्रयास पनि जारी रहेको छ ।

नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जन कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुन नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन् ।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोष देखि आफनो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरीएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रक्टर, जे सि भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा विना राजश्व छाडीएको आरोप लगाइएको छ ।

तालाबन्दी गर्न नगरपालिका पुग्ने जनप्रतिनिधिहरुमा एक बहादुर सुनार, वडा नं १०, पज प्रसाद अर्याल बडा अध्यक्ष वडा नं. ३, मोहन बहादुर जि.सि. वडा अध्यक्ष वडा नं. ९, हेग बहादुर सारु, वडा अध्यक्ष वडा नं. १२, दिपक नेपाल बडा अध्यक्ष वडा नं, ६, दमननाथ रेग्मी वडा अध्यक्ष वडा नं. ४, दूध नाथ यादव बडा अध्यक्ष वडा नं. ११ रहेका छन् ।

त्यसैगरी बोम बहादुर परियार, कार्यपालिका सदस्य, अमर लामिछाने नगर सभा सदस्य, बम कुमारी थापा, नगर सभा सदस्य, अम्रिका प्रसाद चौधरी, नगर सभा सदस्य र मेघनाथ न्यौपाने, नगर सभा सदस्य पनि ताला लगाउन पालिका पुगेका छन् ।

नगरसभा सदस्य दुल प्रसाद चौधरी, रेनुका आले मगर, बाल मोहन यादव, आविद अलि, असरुन निसा, लक्ष्मी देवी वि.क., मंगल चौधरी, कृष्ण माया राना, बमकान्त गौडेल र होस राज न्यौपाने पनि ताला लगाउन नगरपालिका पुगेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित