सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

रुपन्देही क्षेत्र नं. २ को निर्वाचनको तयारी अन्तिम चरणमा

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय बुटवलले ४ मंसिरमा हुन लागेको निर्वाचनको तयारी ९५ प्रतिशत भएको बताएको छ ।

बुधबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी ९५ प्रतिशत भएको बताएको हो ।

बांकी ५ प्रतिशतको काम मतदान केन्द्र अधिकृतले मतदानका सामाग्री लैजान बांकी रहेको र मतदान केन्द्रमा खटिन बांकी रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय बुटवलका निर्वाचन अधिकृत उदविर नेपालीले बताए ।

निर्वाचनका लागि रुपन्देही २ मा सुरक्षाकर्मी बाहेक १ हजार ५४ कर्मचारी खटिएका छन् । रुपन्देही २ मा २३ मतदान स्थल र १३१ मतदान केन्द्र तथा २ वटा अस्थायी मतदान केन्द्र रहेका छन् । कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्य तर्फ १५ जना उम्मेदवार चुनावी मैदानमा छन् भने क्षेत्र नं. २(१) मा ११ तथा २(२) मा १२ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत नेपालीले मतदान हुनु अघिनै सर्वदलिय बैठक मार्फत निष्पक्ष, स्वतन्त्र मतदान गर्ने बातावरण सहमती गरेको जानाकारी दिए । साथै उनले रुपन्देही २ मा निर्वाचन आचारसंहिता अहिले सम्म उल्लघन भएको बारे लिखित निवेदन नआएको बताउंदै मौखिक केही उजुरी आएको र दलका उम्मेदवार तथा प्रतिनिधीलाई तत्काल आचरसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको बताए ।

घरदैलोमा बढि झण्डाको प्रयोग गरिएको, लाउड स्पीकर बजाउने गरेको, आयोगले तोकेको भन्दा ठुलो आकारका झण्डा प्रयोग गर्ने गरेको निर्वाचन अधिकृतको कार्यालयमा मौखिक उजुरी आएको उनको भनाई छ । साथै उनले रुपन्देही २ मा रामनगर व्यारेक र सैनामैनाको २ नं. तालिम केन्द्रमा अस्थायी मतदान केन्द्र राखिएको समेत बताए ।

सो मतदान केन्द्रबाट सुरक्षाकर्मीले समानुपातिक तर्फ मत राख्नेछन् ।

यसैगरी १३१ निर्वाचन केन्द्र मध्ये २ वटा लैङगिक मैत्री र ६ वटा मतदान केन्द्र अपाङगमैत्री समेत बनाइएको उनले बताए ।

यसैगरी लुम्बिनी बाणिज्य क्याम्पसमा यस अघि १६ वटा मतदान केन्द्र रहेकोमा अहिले ८ वटा सोही क्याम्पसमा र ८ वटा नविन औद्योगिक स्कुलमा मतदान केन्द्र राखिएको छ । हाल सम्म निर्वाचन अधिकृतको कार्यालयले ४ वटा सर्वदलिय बैठक बसेको बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित