‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा खुल्यो शेरेसको थ्रिएस सुविधा सहितको शोरुम

विद्युतीय सवारी साधानको रुपमा नेपालको शीर्षस्थानमा रहेको शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयर पार्टस्को शोरुम बुटवलमा स्थापना भएको छ । शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्युतीय साधानको उपभोगले नेपालमा वर्सेनि अरबौंको पेट्रोल, डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगिने बताए । उनले गाडी बिक्री मात्रै नभएर यसको बेला बेलामा सर्भिस, स्पेयर पार्टस्को प्रायाप्त उपलब्धता हुनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा बोेल्दै नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराईले बुटवलमा विद्युतीय गाडीको रुपमा शेरेसको उपस्थिति आफैमा महत्वपूर्ण भएको बताएका थिए । उनले गाडीको पूर्ण सफलताको कामना समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सवारी साधनमा प्रयोग हुने ईन्धनको कारण नेपालले अरबौ रुपैयाँ गुमाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै यसलाई विद्यूतीय साधानले प्रतिस्थापन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा एम ए डब्लु वृद्धि अटोकर्पका बिजनेश हेड प्रसन्न पन्तले शेरेस गाडी अमेरिकी प्रविधि अनुसार चीनमा उत्पादन हँुदै आएको बताएका थिए । उनले हालसम्म यो कम्पनीको विद्युतीय गाडी नेपालमा सबैभन्दा बढी विक्री तथा बुकिङ्ग हुने गाडीको रुपमा रहेको बताएका थिए । उनका अनुसार नेपालमा ३ सय भन्दा बढी गाडी विक्री भैसकेको छ ।

कार्यक्रममा ईएम मोटर्सका निर्देशक राजेश घिमिरेले बुटवलमा शोरुम उद्घाटन संगै कम्पनीको गाडीको सेल्स, सर्भिस तथा स्पेयर पार्टस्मा अन्य कही कतै जान नपर्ने गरी सेवा प्रवाह गर्ने बताएका थिए ।

शेरेसको ब्रान्ड फाईनान्स् अटामेटिभ उद्योगले सन् २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाईल ब्रान्डको रुपमा मान्यता दिएको छ । शेरेस युरो प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो विश्वका ७० देशमा रहेको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको शेरेसले चीन, जापान र अमेरिकामा ३ वटा आर एण्ड डी कम्पनी केन्द्रसंग मिलेर उत्पादन गर्दै आएको छ ।

नेपालमा शेरेसका ३ र मिनी ईभी गरी दुईवटा मोडलका गाडीहरु उपलब्ध रहेका छन् । जसको शेरेस ३ को कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा रहेका छन् । जसको बजार मूल्य ४९ लाख ९९ हजार ५२ लाख ९९ हजारबाट सुरु भएको छ ।

शेरेसको मिनिईभी तीनवटा भेरियन्टमा उपलब्ध रहेको छ । लो ट्रिम १८० बेस अप्सन, मिड ट्रिम १८०, फुल अप्सन र टप ट्रिम २२० किलोमिटर अप्सन गरी ३ वटा रहेका छन् । जसको बजार मूल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार, १७ लाख ९९ हजार रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित