
बुटवल । सेतो गुरास बाल विकास सेवा रुपन्देहीको आयोजनामा बुटवलमा ३ विद्यालयमा जीवन उपयोगी सिप शिक्षा कार्यक्रमको अनुगमन गरिएको छ ।
सेता गुरांस बाल विकास सेवा रुपन्देही, बुटवल उपमहानगरपालिका, शिक्षा विकास समन्वय ईकाइ रुपन्देहीले संयुक्त रुपमा जीवन उपयोगी शिक्षा कार्यक्रम लागु भएका बुटवलका ३ विद्यालयमा संयुक्त अनुगमन गरेका हुन ।
बुटवल ८ स्थित जनता मावि, ज्ञानोदय मावि र उजिरसिंह माविमा जीवन उपयोगी सिप शिक्षा कार्यक्रम किडाशाको आर्थिक तथा प्राविधिक सहयोगमा सेतो गुरास बाल विकास सेवा रुपन्देहीले ०७९ बैशाख १८ गते देखि गरिरहेको छ ।
अनुगमनका क्रममा जनता माविका कक्षा ७ र ८ का विद्यार्थीहरु संग छलफल गरिएको थियो । त्यस्तै ज्ञानोदय माविका कक्षा ७ र ८ का विद्यार्थीहरु संग उत्प्रेरणात्मक कक्षा अवलोकन तथा छलफल र उजिरसिंह माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित शिक्षक संग छलफल गरिएको सेतो गुरास बाल विकास सेवा रुपन्देहीका परियोजना अधिकृत चिरञ्जिवी ज्ञवालीले बताए ।
विद्यालयहरुको अनुगमन सेतो गुरास बाल विकास सेवा रुपन्देहीकी अध्यक्ष ओमी पुन, कार्यकारी निर्देशक सुमित्रा शर्मा, कोषाध्यक्ष गोमती सुनार, सदस्य कमल न्यौपाने, स्थानिय पाठ्यक्रम संसोधन सुझाव संकलन कार्यदलकी संयोजक ईन्दीरा ज्ञवाली, बुटवल उपमहानगरपालिका शिक्षा समिति सदस्य टिकाराम शर्मा न्यौपाने, शिक्षा विकास समन्वयन ईकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडे, बुटवल उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तर सरकारी तथा सघंसंस्था समन्वय शाखाका अधिकृत दामोदर ज्ञवाली, अनुगमन तथा मूल्याकन शाखाका ठगिश्वर पोखरेल, परिायेजना सहजकर्ता रामविलास गुप्ता र अम्बिका श्रीसले गरेका थिए ।
सो क्रममा विद्यालयबाट सुझाव समेत लिइएको थियो । उजिरसिंह माविका प्राचार्य पदमराज ज्ञवालीले जीवन उपयोगी यो कार्यक्रम राम्रो भएको र यसले विद्यार्थीहरुमा पनि परिर्वतन देखिएको बताए ।
विद्यालयका शिक्षक मदन पक्षाईले उपमहानगरपालिकाले बनाउने पाठ्यक्रममै यो विषय समेट्नुपर्ने बताए । जीवन उपयोगी सीप शिक्षा कार्यक्रम बुटवलका १३ मावि र २ आधारभुत विद्यालय गरी १५ विद्यालयमा लागु छ ।
जीवन उपयोगी सिप कक्षा कक्षा ७ र ८ मात्र हुने गरेको छ । यो कार्यक्रमको लक्ष्य विद्यार्थीहरुलाई जीवन उपयोगी सिप कक्षा सञ्चालन गर्दै उनीहरुको दृढता बृद्धि र जोखिमा कमी ल्याउनुका साथै उनीहरुको आत्मविश्वास, आकांक्षा बढाउने रहेको छ ।