रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

दाङमा साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवाको मृत्यु

दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ।

घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिँदा रोल्पाका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।

‘मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका- ५ का २१ वर्षीय विवेक पुन र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी छन्,’ डीएसपी मल्लले भने, ‘घोराही उपमहानगरपालिका- १६ सर्रा चोकमा दुई सवारी साधन ठोकिँदा उनीहरुको मृत्यु भएको हो।’

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको डीएसपी मल्लले बताए।

सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा अनियन्त्रित भएको मोटरसाइकल बोलेरोमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि प्रहरीले बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका- २ का २९ वर्षीय निर्मल बुढालाई पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी मल्लले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित