‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

दाङमा साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवाको मृत्यु

दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ।

घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिँदा रोल्पाका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।

‘मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका- ५ का २१ वर्षीय विवेक पुन र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी छन्,’ डीएसपी मल्लले भने, ‘घोराही उपमहानगरपालिका- १६ सर्रा चोकमा दुई सवारी साधन ठोकिँदा उनीहरुको मृत्यु भएको हो।’

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको डीएसपी मल्लले बताए।

सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा अनियन्त्रित भएको मोटरसाइकल बोलेरोमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि प्रहरीले बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका- २ का २९ वर्षीय निर्मल बुढालाई पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी मल्लले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित