रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा भोलीदेखि कृषि मेला हुँदै, प्रवेश निशुल्क

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला गर्दै छ । यहि फागुन १० गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा आयोजना हुने कृषिमेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुन लागेको कृषि मेलामा कृषि सम्बन्धि प्रविधि, उत्पादन तथा सेवाका १ सय भन्दा बढि स्टल सहभागि रहने कृषि मेला आयोजक समितिका अध्यक्ष हरी अर्यालले बताए ।
कृषि मेला स्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र हालसम्म ८१ वटा स्टल दर्ता भईसकेको जानकारी दिए । २०६२ सालदेखि कृषि मेला आयोजना गर्दै आएको संघले अहिले १२ औं संस्करणसम्म आईपुग्दा असल कृषि अभ्यास उन्मुख वस्तुहरुको प्रदर्शनी गर्न लागिएको अध्यक्ष अर्यालले बताए ।
नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषिको आयातमा मुलुक धानिएकोले कृषि उत्पादनको वृद्धिबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिने उनले बताए । ५ दिनसम्म चल्ने कृषि मेलामा कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र प्राङगारिक तथा वैज्ञानिक कृषि प्रणालीका विषयमा छलफल हुने छन् ।
अध्यक्ष अर्यालले बुटवल उद्योग वाणिज्य संघले नियमित रुपमा कृषिको व्यवसायिक विकासका लागि प्रवद्र्धनात्मक रुपमा कृषि मेला आयोजना गर्दै आएको र कृषकहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिंदै आएको बताए ।
संघका महासचिव मुक्ति प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले कृषि मेलालाई किसानको लागि पाठशाला बनाउनुपर्ने सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित