गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

ज्ञानगङ्गा पाठशालाको १२ औँ वार्षिकउत्सव सम्पन्न

 

तिलोत्तमा । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताएका छन ।

ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस समारोहको उदघाटन गर्दै उनले सरकारले उचित शिक्षा नीति बनाएर संस्थागत तथा सामुदायिक विद्यालयलाई व्यबस्थित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए । युवाहरूलाई आत्मनिर्भर बनाउन विद्यालय र अभिभावकको महत्वपूर्ण जिम्मेवारी हुने घिमिरेले उल्लेख गरे ।

विद्यालयका प्रअ चन्द्र अधिकारीले कार्यक्रममा विद्याथीर्, शिक्षकसंगै अभिभावकको सहभागिताले सकारात्मक सन्देश दिएको बताए ।

सञ्चालक समिति अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख गगाराम आचार्य , तिलोत्तमा वडा –४ का अध्यक्ष हरिबादुर क्षेत्री र वडा १ का अध्यक्ष फर्सुराम गिरी, अभिभावक सङ्घ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कुलचन्द्र पुरी लगायतले बोलेका थिए।

फागुन २१ बाट सुरु भएको कार्यक्रममा सोमबार खाना महोत्सव, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी गरिएको थियो । फागुन २१ बाट सुरु भई सोमबार समापन भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी ,अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थी, अभिभावक र शिक्षकहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित