दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

ज्ञानगङ्गा पाठशालाको १२ औँ वार्षिकउत्सव सम्पन्न

 

तिलोत्तमा । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताएका छन ।

ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस समारोहको उदघाटन गर्दै उनले सरकारले उचित शिक्षा नीति बनाएर संस्थागत तथा सामुदायिक विद्यालयलाई व्यबस्थित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए । युवाहरूलाई आत्मनिर्भर बनाउन विद्यालय र अभिभावकको महत्वपूर्ण जिम्मेवारी हुने घिमिरेले उल्लेख गरे ।

विद्यालयका प्रअ चन्द्र अधिकारीले कार्यक्रममा विद्याथीर्, शिक्षकसंगै अभिभावकको सहभागिताले सकारात्मक सन्देश दिएको बताए ।

सञ्चालक समिति अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख गगाराम आचार्य , तिलोत्तमा वडा –४ का अध्यक्ष हरिबादुर क्षेत्री र वडा १ का अध्यक्ष फर्सुराम गिरी, अभिभावक सङ्घ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कुलचन्द्र पुरी लगायतले बोलेका थिए।

फागुन २१ बाट सुरु भएको कार्यक्रममा सोमबार खाना महोत्सव, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी गरिएको थियो । फागुन २१ बाट सुरु भई सोमबार समापन भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी ,अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थी, अभिभावक र शिक्षकहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित