लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

न्यू होराइजनमा पढेका ३३ डाक्टरसहित ५१ जनालाई सम्मान

न्यू होराइजन मावि बुटवलमा अध्ययन गरेर हाल मेडिकल क्षेत्रमा बिशेषज्ञता हासिल गरेका डाक्टरहरु र गत एसईई परीक्षामा उत्तीर्ण भई एमबीबीएस,इन्जिनियरिङ लगायत विषमा पूर्ण छात्रवृत्तिमा नाम निाल्न सफल विद्यार्थीलाई विद्यालयले आइतबार सम्मान गरेको छ ।

न्यु होराइजनमा पढेका मध्ये हाल बुटवल क्षेत्रमा ४४ जना एमडी डाक्टर कार्यरत छन् । ती मध्ये कार्यक्रममा उपस्थित ३३ जना र गत वर्षको एसईईमा उत्तीर्ण भई एमविविएस, बीई, बिएमएलटी,विएस्सी नर्सिङ र बी फार्मामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १८ जना गरी ५१ जनालाई विद्यालयले आइतबार एक समारोहबीच सम्मान गरेको हो । उनीहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सम्मान गरेका हुन् ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले होराइजनले निरन्तर अब्बल नजिता हासिल गरी राष्ट्रले नै गौरव गर्न लायक संस्था बनेको र यसले शिक्षाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । अब उत्पादन हुने होराइजनका विद्यार्थीहरुले देशमै केही गरेर देखाउनुपर्नेमा सांसद श्रेष्ठले जोड दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले डाक्टरहरुलाई जस्तै व्यवस्थापन र अन्य संकायबाट उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई फेरि सम्मान गरिने बताए । उपाध्यायले विद्यालयका पूर्व विद्यार्थी तथा डाक्टरहरुलाई सेवाभावले फरक ढंगले सेवा दिन आग्रह आग्रह समेत गरे ।

संस्थाका सञ्चालक निर्मल लाकौलले स्थापना कालदेखि नै संस्थाले गुणस्तरीय शिक्षा र विद्यार्थीको चौतर्फी विकासलाई प्राथमिकतामा राखेर अघि बढेकाले निरन्तर सफलता मिलेको बताए ।

विद्यालयकी पूर्व विद्यार्थी तथा डा. नेत्र राना, डा. बिनिता भट्टराई, समीप पौडेल, न्यु होराइजन आल्मुनाईका अध्यक्ष उमेश अमात्य लगायतले आफूहरु अहिलेको अवस्थामा पुग्न न्यू होराइजनका शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । विद्यालयका पूर्व विद्यार्थी तथा डाक्टरहरुलाई प्रदेश सांसद एवं पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ,संस्थाका सञ्चालक निर्मल लाकौल,प्राचार्य लोकनाथ उपाध्याय,उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल,राजीव श्रेष्ठले दोसल्ला र कदरपत्रले सम्मान गरेको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । न्यू होराइजन संस्था अन्तर्गत करिब ८ हजार विद्यार्थी अध्ययनरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित