गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

नयाँ गाउँ माविको ६१ औ बार्षिकोत्सव

नयाँगाउँ माविले आफनो ६१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना गर्दै आएको विद्यालयको शनिबार बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सामुदायिक विद्यालयमा नयाँगाउँ बुटवल उपमहानगरपालिकाको शिक्षामा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकामा योजनाबद्ध बिकासको सुरुवात भएको बताए । बिद्यालयको भौतिक पुर्वाधार निर्माणका लागि नगरपालिकाबाट कुनै पनि कमी नहुने भन्दै उनले यसको लागि सहकार्य गरेर शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेबि अर्यालले प्राविधिक शिक्षा आवश्यक रहेको बताईन । शिक्षालाई अब जीवन उपयोगी हुने प्राविधिक शिक्षामा जोड्नुपर्ने बताएकी थिईन ।

कार्यक्रम बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बिद्यालयको शैक्षिक विकासमा गतिलिएको भन्दै अब भौतिक पुर्वाधारमा सरकारबाट सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वविद्यालयका रजिस्ट्रार डा. तिलकाराम आचार्यले अबको शिक्षा पर्यटनसंग जोडेर पाठ्यक्रम बनाउनुपर्ने बताए ।
कार्यक्रममा योजना आयोगका पुर्व सदस्य दामोदर भुषाल, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, बुटवल सिटि क्याम्पसका प्रमुख फणीन्द्र न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख रमामान्त तिबारी, शिक्षक राम प्रसाद बन्जाडेले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले पश्चिम बुटवलको नमुना विद्यालयको रुपमा नयाँगाउँ मावि स्थापना गर्ने अभियान जारी रहेको बताए ।

कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाता, सहयोगी निकायलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित