
रुपन्देहीको तिलोत्तमा–१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरे ।
पहिलो दिन शुक्रबार भलिबल, बास्केटबाल तथा कबड्डी प्रतियोगितामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको छ । बास्केटबलमा एडिल थापाको समूह प्रथम, रोसन पाण्डेको समूह द्वितीय भएको बास्केटबल संयोजक खेमराज रिजालले जानकारी दिए । कपड्डी छात्रतर्फ जगत शाही ढकुरीको समूह प्रथम र अस्विन चौधरीको समूह द्वितीय भएका छन् । कपड्डी छात्रातर्फ कृपा मल्ल ठकुरीको समूह प्रथम भएको खेल संयोजक अरूण कृष्ण घिमिरेले जानकारी दिए ।
यसैगरी शनिबार कोर्ड वर्क, फुटबल, दुई सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए । विद्यालयका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने खेल सप्ताह अन्तरगत आइतबार ब्याडमिन्टन, टेबल टेनिस र हाजिरी जवाफ प्रतियोगिता गराइने तयारी भएको सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले जानकारी दिए । कक्षा ११र १२ का विद्यार्थीलाई विभिन्न समूहमा तथा विभाजन गरी अन्य प्रतियोगिताहरु समेत आयोजना गरिएको छ । फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइको छ ।
शुक्रबार खेल सप्ताहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामना ब्यकत गरे ।
होराइजन गौतमबुद्ध मा.वि नेपालमै क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल विद्यालय भएको हुदा शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताहव्यापी खेल महोत्सव आयोजना गरिएको प्राध्यापक डा.नारायण पन्थले उल्लेख गरे । कार्यक्रममा विज्ञान संकाय इन्चार्ज प्रदिप अर्याल, रूद्ध भुसाल, डा.मुरारी पराजुलीलगायतले खेलका माध्यमले विद्यार्थीको शारिरिकसँगै बौद्धिक क्षमताको विकास गर्न सकिने बताए ।