‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण शिविर राखिएको हो ।

त्यस्तैगरी किसानले लगाएको बालीनालीमा रोगव्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको प्रवन्ध मिलाउन सहज होस भनेर बाली परीक्षण शिबिर राख्ने तयारी गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरीप्रसाद अर्यालले बताए । उनले यो कार्यक्रममा सहभागि भएर लाभ लिन पनि किसानलाई आग्रह गरे ।

फागुन १० गतेदेखि पाँच दिनसम्म बुटवल मण्डपमा सञ्चालन गरिने राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा ११ र १२ गते दुई दिन बाली परीक्षण शिबिर राखिने छ । त्यस्तै ११, १२ र १३ गते तीन दिन माटो परीक्षण शिबिर सञ्चालन गरिने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

कृषि विकास निर्देशनालयकी अधिकृत आशा भण्डारीका अनुसार बाली संरक्षण प्रयोगशाला खजुरा बाँके र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाको व्यवस्थापनमा बाली परीक्षण शिबिर सञ्चालन गरिने छ ।

त्यस्तै माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको घुम्ती माटो परीक्षण प्रयोगशाला (मोवाईल भ्यान) को टोलीले किसानले ल्याएको माटो परीक्षण गर्नेछ ।

माटोको नमुना कसरी संकलन गर्ने ?

माटो परीक्षणको लागि नमुना संकलन गर्दा अन्न र तरकारी तथा फलफूलको लागि छुट्टा छुट्टै विधिको प्रयोग गर्नुपर्दछ । अन्न र तरकारी बालीको लागि माटोको नमुना संकलन गर्दा एकै प्रकारको माटो भएको जमिनबाट एउटा नमुना तयार गर्नुपर्दछ । एउटा माटोको नमुना तयार गर्न एक रोपनीबाट कम्तिमा ५ ठाउँबाट नमुना लिनुपर्दछ । प्रत्येक ठाउँमा १५ देखि २० सिन्टीमिटर भि आकारको गहिरो खाल्डोमा माथिदेखि तलसम्म एकै लेवलको माटो निकाल्नु पर्दछ ।

त्यसपछि सबै नमुनालाई एकैठाउँमा मिसाएर रामो संग मोल्नुपर्दछ । उक्त माटोमा रहेको ढुंगा तथा झारपात हटाउने र गोलाकारमा राख्नु पर्दछ । त्यसलाई चार भागमा लगाउने र आमनेसामनेका २ भार हटाउनु पर्दछ । संकलन गरिएको नमुना माटो आधा किलो नहुँदासम्म यहि प्रकिया अपनाउनु पर्दछ । त्यसरी रहेको शेस भागलाई परीक्षणको लागि ल्याउन पनि उनले आग्रह गरे।

त्यसैप्रकारले फलफूलको माटोको नमुना संकलन गर्दा फरक किसिमका माटो भएको जमिनबाट छुट्टाछुट्टै नमुना तयार पार्नु पर्दछ । छनौट गरिएको जमिनबाट कम्तिमा एउटा ३ फिट गहिराईको खाडल खन्नुपर्दछ । उक्त खाडलमा १, २ र ३ फिटको गहिराईमा चिनो लगाउनु पर्दछ । त्यसरी चिनो लगाएको अनुसार १ फिटसम्म, १ देखि २ फिट र २ देखि ३ फिट सम्मको संकलन गरिएको नमुना छुट्टाछुट्टै भाडोमा राख्नु पर्दछ ।

यसरी छुट्टाछुट्टै संकलन गरिएको माटोलाई छुट्टाछुट्टै ४ भाग लगाई आमनेसामनेको २ भाग हटाई बाँकी २ भाग राख्नुपर्दछ । यसलाई पनि आधा किलो नहुँदा सम्म यो प्रक्रिया दोहोर्याउनु पर्दछ । यसरी तयार गरिएको नमुनालाई किसानको नाम ठेगाना, जमिनको विवरण तथा गहिराई खुलाई परिक्षणको लागि ल्याउनु पर्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित