रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

कपिलवस्तुमा बस दुर्घटना १० काे मृत्यु ३० घाइते

कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ ।

राति २ वजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाईते भएका छन । दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीकाे लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पाैडेलका अनुसार सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको वस महेन्द्रनगर वाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुकाे सुरईनाकामा दुर्घटनामा परेको हाे ।

सुनाैलाे यतायात प्रालिको उक्त वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खाेलामा खसेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टाेलीले तत्कालै घटनास्थलवाट समयमै उद्वार गरेको छ ।

रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक अनिश भण्डारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित