लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम

रुपन्देहीको तिलोत्तमा-४ डिङ्गरनगर स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका प्रबन्ध निर्देशक बाबुराम खनालको सभापतित्वमा सम्पन भएको उक्त कार्यक्रममा कृष्ण गरिमा अक्षयकोष, आकृती स्मृति अक्षयकोष, भागिरथी देवी अक्षयकोष बाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै गत वर्षको वार्षिक परीक्षामा प्रथम द्वितीय एवं तृतीय भएका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य यमबहादुर राना, सह प्रचार्य रमेशप्रसाद बस्याल, आकृति स्मृति अक्षयकोषका संरक्षक इन्द्रलाल श्रेष्ठ , भागिरथी देवी अक्षयकोषका संरक्षक रोमीमाला राजभण्डारी र कृष्ण गरिमा अक्षयकोषका घनश्याम पाठकले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अथिती एवं कृष्ण गरिमा अक्षयकोषका संरक्षक घनश्याम पाठकले विद्यार्थीहरुको अध्ययन कला एवम् बौद्धिक क्षमताको सराहना गर्दै सरस्वती पूजाको शुभकामना दिए ।

त्यस्तै कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा मेरिना गुरुङले सरस्वती देवीको महिमा एवम् पूजा गर्नुको औचित्यको बारेमा प्रष्ट पारेकी थिईन् भने कक्षा ९ र १० का विद्यार्थीको समूहले सरस्वती वन्दना वाचन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शंकर पौडेल एवं मेघराज भट्टराई ले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित