
रुपन्देहीको तिलोत्तमा-४ डिङ्गरनगर स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रबन्ध निर्देशक बाबुराम खनालको सभापतित्वमा सम्पन भएको उक्त कार्यक्रममा कृष्ण गरिमा अक्षयकोष, आकृती स्मृति अक्षयकोष, भागिरथी देवी अक्षयकोष बाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै गत वर्षको वार्षिक परीक्षामा प्रथम द्वितीय एवं तृतीय भएका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य यमबहादुर राना, सह प्रचार्य रमेशप्रसाद बस्याल, आकृति स्मृति अक्षयकोषका संरक्षक इन्द्रलाल श्रेष्ठ , भागिरथी देवी अक्षयकोषका संरक्षक रोमीमाला राजभण्डारी र कृष्ण गरिमा अक्षयकोषका घनश्याम पाठकले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अथिती एवं कृष्ण गरिमा अक्षयकोषका संरक्षक घनश्याम पाठकले विद्यार्थीहरुको अध्ययन कला एवम् बौद्धिक क्षमताको सराहना गर्दै सरस्वती पूजाको शुभकामना दिए ।
त्यस्तै कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा मेरिना गुरुङले सरस्वती देवीको महिमा एवम् पूजा गर्नुको औचित्यको बारेमा प्रष्ट पारेकी थिईन् भने कक्षा ९ र १० का विद्यार्थीको समूहले सरस्वती वन्दना वाचन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शंकर पौडेल एवं मेघराज भट्टराई ले गरेका थिए ।