रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न भएकाे छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीकाे पूजा गरिएको हाे । एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गणेश , सरस्वती भजन र नृत्य प्रस्तुत गरिएकाे हाे ।

एकेडेमीले बेसिक , सिनियर बेसिक र इन्टरमिडियट तहका परीक्षाकाे नतिजासमेत सार्वजनिक गरेकाे हाे। नृत्यमा बेसिक तहकाे परीक्षामा सहभागी भएका १२ जना मध्यबाट प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियो । बेसिक तहकाे नृत्यतर्फ पिया सारू प्रथम भएकी छन् । त्यसैगरी प्रशंसा पाैडेल दाेस्राे र अायुसा बरालले तेस्रो स्थान प्राप्त गरेकी छन् । त्यसैगरी सिनियर बेसिकमा सहभागी १० जनामध्ये दिया सुवेदीले प्रथम स्थान प्राप्त गरेकी छन् ।

त्यसतै रित्तिका ज्ञवालीले दाेस्राे र दियान्सा सापकोटाले तेस्रो स्थान प्राप्त गरेकी छन् । गत माघ २७ गते मिलन कला केन्द्रकाे अायाेजनामा सम्पन्न भएकाे पावर अफ ट्यालेन्ट साे मा एकेडेमी मै अध्ययनरत विद्यार्थी जुनियरतर्फ दाेस्राे हुन सफल दियान्सा सापकोटा र तेस्रो स्थान प्राप्त गर्ने सिरिशा राेकालाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे । त्यस्तै सिनियरतर्फ प्रयुशा श्रेष्ठलाई पनि सम्मान गरिएकाे थियो ।

त्यस्तै लुम्बिनी एक्पाे २०८० काे डान्स अाइडियमा द्वितीय हुन सफल अारेही काउचालाई पनि प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे कार्यक्रममा बाेल्दै एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले विद्याकि देवी सरस्वतीकाे पूजा गर्ने पवित्र दिनमा शिक्षाकाे गरिमा र बाैदिक विकासकाे अावश्यकता जनजनलाई बुझाउन सरस्वती पूजा गर्ने परम्परा रहेकाे बताइन् । याे दिनमा यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेकाे बताउँदै एकेडेमीलाई सदैव माया गर्न अाग्रह गरिन् ।

करिब तीन दशकबाट वागेश्वरीले विभिन्न विधामा कक्षाहरू सञ्चालन गर्दै अाएकाेसमेत बताइन् । कार्यक्रममा एकेडेमीका कार्यालय प्रमुख व्यवस्थापक दावा शेर्पा (दर्पण )ले स्वागत गरेका थिए । साथै यही फागुन ६ गतेबाट एकेडेमीमा साहित्यकार विजय मल्लद्वारा लिखित  काेही किन बर्बाद हाेस् नाटककाे मञ्चनसमेत हुने एकेडेमीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित