दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनी गुरूयोजना अलपत्र परेको भन्दै रास्वपाको दबाब यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ।

बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट रास्वपाले दबाब यात्रा सुरू गरेको हो।

पार्टी सभापति रवि लामिछाने, सांसस लक्ष्मी तिवारी सहितको टोलीले दबाब यात्रा गरेका हुन्।

२०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चितता भएको तर पहुँच मार्ग बनाउने ठेक्का बजेट विनियोजन नहुँदा अलपत्र परेपछि दबाब यात्रा गरिएको रास्वपाले जनाएको छ।

लुम्बिनी गुरूयोजना ४६ वर्षअघि सुरू भएको अवधारणा हो। सन् १९७८देखि सुरू भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गर्नुपरेको बताएको छ।

रास्वपाले सातै प्रदेशका तीन—तीनवटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ। यसअघि पुस ९, १०, ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। यस्तै माघ २१ गते राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पनि दबाब यात्रा गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित