
पाल्पाको तिनाउ गाउँपालिकाले आज शोक बिदा दिएको छ । मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा गाउँपालिकाले आज बिदा दिएको हो ।
गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरूमा बिदा दिएको हो ।
गाउँपालिकाको वडनम्बर ६ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना पालिकाभित्रैका थिए ।
दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । घाइते १६ जनाको उपचार हुँदैछ ।