‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पाल्पा जिप दुर्घटना : मृतक १० जनाकोे सनाखत

क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना हुँदा पाल्पामा मंगलबार १० जनाको मृत्यु भएको छ । जिपमा सवार दुईमहिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु भएका मध्ये १० जनाकै पहिचान खुलेको छ । तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिब्दीकोट–१ की ६५ वर्षीया दिलकुमारी सुनार,

रूपन्देहीको देवदह–५ की २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको पाल्पाका ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले बताए । घाइतेहरूमा महिला ८, बालक ४, बालिका ३ र पुरुष २ जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले बताए । चालक तानसेन नगरपालिका–१० का दानबहादुर चिदीका अनुसार घुम्तीमा गाडीमा बेग्लै आवाज आएर पछाडि हटेपछि भीरबाट तल खसेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

जीप घुम्तीदेखि झन्डै १५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले जानकारी दिए । ‘धेरै यात्रु भएकाले घुम्तीमा जिप नमोडिएको हुन सक्छ,’ उनले भने । बेलुकी भइसकेको र भीरमा घाइते अड्किएकाले उद्धारमा केही कठिनाइ भए पनि समयमै घाइतेलाई अस्पताल पुर्‍याउन सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । मृत्यु तथा घाइते हुनेहरू अधिकांश स्थानीय मस्यामको चिदिस र शिखरडाँडा गाउँका छन् । प्रहरी र स्थानीयले घाइतेहरूलाई उद्धार गरी तत्काल लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका थिए ।

कच्ची सडकमा अधिकांश यात्रुवाहक जिपले ‘ओभरलोड’ बोक्ने समस्या छ । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास हुने जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्विकारे । उनले यसअघि पनि यही जिपलाई अनुगमनमा पुग्दा ‘ओभरलोड’ बोकेको भेट्टाएर सचेत गराएको बताए । जिपको १३ सिटको बिमा हुने र अन्यको थप लाग्ने खर्च भने समिति र सवारी धनीले बेहोर्नुपर्ने हुन्छ । ‘हामीले पटक–पटक सवारी धनी र चालकलाई अधिक यात्रु नराख्न चेतावनी दिँदै आएका छौं,’ उनले भने, ‘पक्कीभन्दा पनि कच्ची सडकमा अधिक यात्रु बोक्ने समस्या छ ।’ सिट पासबाहेक अन्य यात्रुको समिति जवाफदेही हुने ट्राफिक प्रहरी प्रमुख चापागाईंले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित