रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, १७ जना घाइते [अपडेट]

पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । राति अबेरसम्म तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपालको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले बताए । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले बताए । घाइतेहरूमा महिला ८, बालक ४, बालिका ३ र पुरुष २ जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले बताए । यो समाचार कान्तिपुरमा छ ।

चालक तानसेन नगरपालिका–१० का दानबहादुर चिदीका अनुसार घुम्तीमा गाडीमा बेग्लै आवाज आएर पछाडि हटेपछि भीरबाट तल खसेको हो । दुर्घटनाग्रस्त जिप घुम्तीदेखि झण्डै १ सय ५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले बताए ।

बेलुकी भइसकेको र भीरमा घाइते अड्किएकाले उद्धारमा केही कठिनाइ भए पनि समयमै अस्पताल पुर्‍याउन सकिएको जिल्ला प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । मृत्यु तथा घाइते हुने अधिकांश स्थानीय मस्यामको चिदिस र सिखरडाँडा गाउँका छन् । घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेलाई तत्काल लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका थिए ।

कच्ची सडकमा अधिकांश यात्रुवाहक जिपले ‘ओभरलोड’ बोक्ने समस्या छ । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास हुने जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्वीकारे । उनले यसअघि पनि यही जिपलाई अनुगमनमा पुग्दा ‘ओभरलोड’ बोकेको भेट्टाएर सचेत गराएको बताए । जिपको १३ सिटको बिमा हुने र अन्यको थप लाग्ने खर्च भने समिति र सवारीधनीले व्यहोर्नुपर्ने हुन्छ । ‘हामीले पटक–पटक सवारीधनी र चालकलाई अधिक यात्रु नराख्न चेतावनी दिँदै आएका छौं,’ उनले भने, ‘पक्कीभन्दा पनि कच्ची सडकमा अधिक यात्रु बोक्ने समस्या छ ।’ सिट पासबाहेक अन्य यात्रुको समिति जवाफदेही हुने ट्राफिक प्रहरी प्रमुख चापागाईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित