‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अन्तराष्ट्रिय कण्डम दिवसमा बुटवलमा म्युजिकल कन्र्सट हुने

अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात फागुन १ गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्र्सट हुने भएको छ ।

युवा युवतीहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चौकका भव्य कार्यक्रम हुन लागेको हो ।

आस्था समुह बुटवल र स्वाथ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार काली प्रसाद बाँस्कोटाको विशेष प्रस्तुती रहने छ ।

सार्वजिनिक स्थानमा अयोाजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कण्डम वितरणको कार्यक्रम समेत आयोजना गरिएको ए एच एफ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्राईले जानकारी दिए ।

सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी म्युजिकल कन्र्सटको विषयमा जानकारी दिदै उनले उक्त कार्यक्रममा काली प्रसाद बास्कोटा सहित अन्य स्थानीय सत्यसाई कर्ला केन्द्रको सास्कृतिक कार्यक्रम सहित सचेतनामुलक नाटक समेत प्रस्तुत गरिने जानकारी दिए ।

उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंङगीक तथा योनिक अल्पसंख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद गिरी, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागीता रहने छ ।

ए एच् एफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । ए एच एफ नेपालमा सन् २०११ बाट कण्डम दिवस मनाउन थालेको छ । आस्था समुह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरुलाई टार्गेट गरेर विश्व कण्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित