
फेब्रुअरीको महिना प्रेमिल जोडीका लागि निकै विशेष हुन्छ । यो महिनाभित्र भ्यालेन्टाइन सप्ताह पर्छ, जसमा जोडीले एकअर्काप्रति आफ्नो प्रेम दर्शाउँछन् ।
कतिपयले भन्ने गर्छन्, ‘प्रेम दर्शाउन दिवस चाहिँदैन, यो जहिलेतहिले दर्शाउन सकिने भावना हो ।’
तर, भ्यालेन्टान डे मान्नेहरू यो एक सन्दर्भमा भएकाले विशेष रूपमा मनाउनुलाई अस्वाभाविक मान्न नहुने बताउँछन् । भ्यालेन्टाइन डे मनाइनुपछाडिको कथाबारे पढ्न यहाँ क्लिक गर्नुहोस् ।
भ्यालेन्टाइन्स डेमा प्रेमीप्रेमिकाबीच उपहार आदनप्रदान गरेर प्रेम दर्शाउने गरिन्छ । पसलेहरूको भनाइमा सामान्यतः केटाहरूभन्दा बढी केटीहरू प्रेमीलाई उपहार के दिने भन्नेमा बढी वैमनस्यमा परेको पाइन्छ । उसो त, गिफ्ट नगर्दाचाहिँ प्रेम दर्शाउन नसकिने होइन । तर, धेरैले उपहार दिन मन पराउने गरेको पाइन्छ ।
यदि तपाईं पनि आफ्ना प्रेमीलाई के उपहार दिने भन्ने सोचिरहनुभएको छ भने यी गिफ्टहरू दिन सक्नुहुन्छ ।
पर्स (वालेट)
प्रेमीलाई गिफ्ट दिन वालेट राम्रो विकल्प हो । किनकि यो केटाहरूको दैनिक प्रयोगमा आउँछ । तपाईंले दिएको यो उपहार उनले सधैँ आफ्नो साथमा लिएर हिँड्छन् । अनि यसको प्रयोग गर्दा उनले तपाईंलाई याद गर्छन् ।
सनग्लासेस
सनग्लासेस पनि केटाहरूलाई निकै मनपर्ने उपहार हो । यसमा तपाईंको प्रेमी कुल देखिन्छन् । त्यसैले सनग्लासेस गिफ्ट दिनु पनि राम्रै हुन्छ ।
जुत्ता
अक्सर केटाहरू जुत्ताको कलेक्सन निकै रुचाउँछन् । राम्रो र आकर्षित जुत्ता लगाउने धेरै केटाहरूको चाहना हुन्छ । यस्तोमा तपाईं पनि उसलाई राम्रो जुत्ताको पेयर दिन सक्नुहुन्छ । यो लगाउँदा उसलाई तपाईंको याद पक्कै आउनेछ ।
स्मार्ट वाच
यसपालि भ्यालेन्टाइन्स डेमा तपाईं आफ्नो प्रेमीलाई स्मार्ट वाच पनि गिफ्ट गर्न सक्नुहुन्छ । बजारमा धेरै खालका स्मार्ट वाच सुलभ दाममा पाइन्छ । बजारसम्म जान झन्झट लागेको भए घरमै बसेर अनलाइन अर्डर गर्न सक्नुहुन्छ ।
ब्लूटुथ स्पिकर
तपाईंको प्रेमी म्युजिकलभर हुन् भने त झन् अरु विकल्पतिर लाग्दै नलाग्नुस् । यही हो मौका, उनलाई कुनै राम्रो कम्पनीको ब्लूटुथ स्पिकर गिफ्ट गर्नुहोस् । पछि तपाईं पनि उनीसँग बसेर स्पिकरमा गीत सुन्न सक्नुहुन्छ ।
एयरपड्स
अचेल एयरपड्स पनि चल्तीको गिफ्टमध्ये एक हो । यो पहिलाजस्तो महँगो पनि छैन । राम्रो कम्पनीको एयर पड्स छानेर आफ्नो प्रेमीलाई भ्यालेन्टाइन्सको अवसरमा गिफ्ट गर्न सक्नुहुन्छ ।