‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रानी केकको तेस्रो शाखा तिलोत्तमाको मणिग्राममा

  • शुभारम्भको अवसरमा ३ दिन सम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक दिइने
  • बुटवल । विगत तीन वर्षदेखि तुलसीपुरबाट सेवा दिदै आएको रानी केकले आफ्नो शाखा तिलोत्तमा नगरपालिकाको मणिग्राममा बिस्तार गरेको छ । माणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणद्वारा उद्घाटन गरेका हुन ।

    शाखा शुभारम्भको अवसरमा ३ दिन सम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक प्रदान गरिने समेत सञ्चालक दिपक काफ्ले जानकारी दिए ।

    दाङ्गमा आफ्नो सेवा पस्कदै आएको रानी केकको शाखा मणिग्राममा सञ्चालनमा ल्याईएको छ । २०७७ साल फागुन २६ गते तुलसीपुरमा सञ्चालनमा आएको रानी केक बजार बढाउँदै घोराही पछि तेस्रो शाखाको रुपमा मणिग्राममा पनि खुलेको हो ।

    नेपालीहरुको बिशेष आवसर जस्तै जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै केकको माग पनि बढ्दै गएको र ब्राण्ड बनिसकेको रानीकेक यसक्षेत्रमा शुरुवात गर्दै व्यवसायसंगै सामाजिक कार्य र रोजगारमा समेत प्रबर्द्धन गर्नुपर्छ भन्ने उदेश्यका साथ यो शाखा सुचारु गरेको काफ्ले जानकारी दिए ।

    व्यवसायको वृद्धिसँगै ग्राहकको मागअनुसार व्यवसायलाई बढाउने क्रममा यस क्षेत्रको प्रमुख व्यापारिक नगर तिलोत्तमाको मणिग्राममा शाखा सञ्चालन गरेको काफ्ले जानकारी दिए । करिब साढे २२ लाखको लगानीमा मणिग्राम शाखा सञ्चालनमा ल्याईएको हो । वैदेशिक रोजगारीका क्रममा विदेशमा समेत बेकरी र केकसंग सम्बन्धित काम गर्दै आएका संचालकद्वय दिपक काफ्ले र रोमणी खनालले शाखा बिस्तार गरेका हुन ।

    ग्राहकको चाहनाअनुसार विभिन्न साइज र डिजाइनका शुद्ध स्वस्थ्यबर्द्धक केक उत्पादन गरि सुपथ मुल्यमा बिक्री वितरण गर्ने लक्ष्यका लिएको अर्का सञ्चालक रोमणी खनालले बताए । बजारको माग र ग्राहकको चाहनाअनुसार यस क्षेत्र वरपर होम डेलिभरीसँगै १५ वर्षमुनिका अनाथ बालबालिका, रातो कार्डवाला अपाङ्गता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क रूपमा केक उपलब्ध गराउने जमर्को समेत गरेको उनले बताए । युवाहरु सम्भावना त्यागेर पछिल्लो समय बैदेशिक रोजगारी र अध्ययनका लागि जाँदा ठुलो धनराशी विदेश गएको कुरालाई मध्यनजर गर्दै युवा लगानी सम्भावना र रोजगारीलाई समेत टेवा दिने उदेश्यका साथ रानीकेक अगाडी बढिरहेको जनाइएको छ ।

    हाल रानी केकले मणिग्राम शाखामा ७ जनालाई रोजगारी दिएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित