‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

न्यू होराइजन ३० औं संस्करणको हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्टलाई

न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्ट माबि बुटवलले जितेको छ ।

आज भएको फाइनलमा बिजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै पाल्पाको दमकडा माबि दोश्रो भइ २४ हजार पाएको छ ।

त्यस्तै तेस्रो बनेको सैनामैनाको सुनगाभाले नगद १८ हजार पाएको छ । त्यस्तै तीनवटा टीम सान्त्वना भएका छन् ।जेभिटी पाल्पा ,मेचीकाली माबि दाङ र जनज्योति माबि दाङले नगद तीत तीन हजार पाएको छ ।

पुस २९ गतेबाट प्रतियोगिता हुरु भएको हो ।प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण तीन वटा केन्द्र बुटवल, दाङको लमही र पाल्पामा भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।

२९ गते तीन वटा केन्द्रबाट छनौट भई ६ टिमको फाइलन प्रतियोगितामा आएको कार्यक्रम संयोजक कमलापति अर्यालले जानकारी दिए ।

फाइनल प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले हाजिरीजवाफ अरु अतिरिक्त क्रियाकलाप भन्दा फरक र ज्यादै महत्वपूर्ण विधा भएको उल्लेख गर्दै यसले विद्यार्थीलाई बौद्धिक क्षमतामा अब्बल बनाउने बताए ।

संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठले गुणस्तरीय शिक्षासंगै विद्यार्थीको सर्वाङगीण विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले ठूलो लगानी गरेको बताए । ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थागत र सामुदायिक विद्यालयहरुबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा शुरु भएको प्रतियोगिता जिल्ला हुदै प्रदेशस्तरीय बनाइएको बताए ।

यसअघि तीनवटै केन्द्रमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना ३ वटा टिमलाई क्रमशः प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई प्रति समूह १५ सयका दरले प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित