अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग                
समाचार :

काँग्रेसमै बस्नुस तर सूर्यमा भोट हाल्नुस, मत खेर नफाल्नुस : भोजप्रसाद

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही-२(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाब दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उनले काँग्रेसमै रहे पनि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् । ‘नेपाली काँग्रेसका मित्रहरु यो क्षेत्रमा तपाईका उम्मेद्वार छैनन् त्यसैले तपाईहरु काँग्रेसमै बस्नुस तर भोट सूर्यमा हाल्नुस, आफ्नो मत खेर नफाल्नुस ।’-नेता श्रेष्ठले भने । कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँग-सँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उनले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् ।

आगामी मंसिर-४ को निर्वाचलनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भब रहेको बताउँदै उनले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित