सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

काँग्रेसमै बस्नुस तर सूर्यमा भोट हाल्नुस, मत खेर नफाल्नुस : भोजप्रसाद

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही-२(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाब दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उनले काँग्रेसमै रहे पनि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् । ‘नेपाली काँग्रेसका मित्रहरु यो क्षेत्रमा तपाईका उम्मेद्वार छैनन् त्यसैले तपाईहरु काँग्रेसमै बस्नुस तर भोट सूर्यमा हाल्नुस, आफ्नो मत खेर नफाल्नुस ।’-नेता श्रेष्ठले भने । कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँग-सँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उनले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् ।

आगामी मंसिर-४ को निर्वाचलनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भब रहेको बताउँदै उनले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित