
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ ।
तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए ।
त्यहि बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु/गराउनु भनेपनि अध्यक्षमा पुर्नबाहली हुनुपर्ने अजयमान श्रेष्ठलाई मेसु थापालाई असहयोग गरेको भन्दै एमाले पार्टीले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण भएको बताएको हो ।
साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्राई, गोपाल राना, रुपन्देही क्षेत्र नं. २ का ईन्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बावुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगाएतको उपस्थिती रहेको थियो ।