‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रोल्पाको माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा बिदा

सर्वोच्च अदालतको आदेशमा रद्द भइसकेको फागुन १ गतेको ‘जनयुद्ध दिवस’का दिन रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

शान्ति सम्झौता र संविधानलेसमेत नचिन्ने ‘जनयुद्ध दिवस’लाई सर्वोच्च अदालतले मान्यता नदिई रद्द गरिसकेको अवस्थामा माडीले बिदा दिने निर्णय गरेको हो।
माडी गाउँपालिका, गाउँ कार्यपालिकाको यही माघ १७ गतेको निर्णयअनुसार ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जनाएका छन्।
आगामी फागुन १ गते मंगलबारका दिन गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकाले सार्वनजिक सूचना प्रकाशित गरिएको परियारले जनाएका छन्।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित