‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए स‌गै बुटवलमा क्लाेथ बै‌क सञ्चालन हुने भएकाे हाे ।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले मानव सेवाको लागि ‘पुरानो कपडालाइ : पुन प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास ब्यक्त गरे ।
बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि- साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको बुटवल बाट औपचारिक सुभारम्भ हुन लागेको बताउदै क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर प्रदान गरेकोमा खुसि समेत व्यक्त गरे ।
उनले यस परोपकारि कार्यमा जोडीन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गरे।
नेपालमै र रुपन्देहीमा जिल्लामा पनि पहिलो पटक सबैलाई पाएक पर्ने विभिन्न स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निशुल्क लिन सकिने भएको छ ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ ।
अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जि सी ले जानकारी दिए ।
साथै देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको औपचारिक सुभारम्भ यहि फाल्गुन ०५ गते बिहान ८:३० बजे बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बिच रास्ट्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जिसिले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित