‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न उक्त परीक्षाहरूमा प्रवेश गर्दा डिजिटल प्रविधि मार्फत हाजिर गराउने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

लिखित र प्रयोगात्मक परीक्षामा फरक फरक व्यक्ति सहभागी भएर अनियमितता हुने गरेको गुनासोको आधारमा मन्त्रीस्तरीय बैठकबाट सो निर्णय भएको बताइएको छ। जसअनुसार लिखित परीक्षाअघि बायोमेट्रिक लिइएजस्तै प्रयोगात्मक परीक्षामा पनि सोहीअनुसार व्यवस्था गर्ने निर्णय भएको राणाको भनाइ छ ।

लुम्बिनी मातहतका यातायात कार्यालयहरूका कार्यालय प्रमुखहरूसहितको बैठकमा प्रमुखहरूले आ–आफ्नो कार्यालयको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए । साथै सेवा प्रवाहको क्रममा देखिएका समस्या समाधान गर्न जिम्मेवार निकायले पहलकदमी गर्ने गरी मन्त्रालयबाट आवश्यक निर्देशन पनि दिइएको राणाले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकाहरूलाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।

यस्तै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र लिने प्रयोजनका लागि सञ्चालन हुने प्रयोगात्मक परीक्षामा परीक्षार्थीहरुले आफ्नै सवारीसाधन वा परीक्षार्थीहरूले लिएर आउने सवारी साधनबाट प्रयोगात्मक परीक्षा सहज तरीकाले दिन पाउने यस पूर्वको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।

यस्तै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूमा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई पालो कुर्न नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । यस्तै आ–आफ्नो कार्यालयको बेरुजु फर्छ्यौट गर्नेतर्फ पहल गर्ने निर्णय पनि भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित