
बुटवल । प्रदेश स्काउट परिषद र राष्ट्रिय स्काउट परिषदको लागि नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यलयमा मनोनयन दर्ता भएको छ ।
लुम्बिनी प्रदेशका १० महिला र १० पुरुष गरी खुल्लामा २० सदस्य तथा ३ महिला र ३ पुरुष गरी तालिम दलका ६ सहित २६ सदस्यको लागि मनोनयन दर्ता गरिएको निवार्चन अधिकृत युवराज सुवेदिले जानकारी दिए ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ३४१ स्काउट प्रतिनिधीहरुले मतदान गर्न पाउने उनले बताए । बसधबा। मनोनय दर्ता पछि माघ २७ गते राष्ट्रिय प्रधान कार्यलय काठमान्डौको लैनचोरमा निवार्चन हुनेछ ।
माघ २२ गते लुम्बिनी प्रदेशका ४३ वटा स्थानिय तहमा निवार्चनको योग्यता पुयाई स्थानिय स्काउट परिषद सम्पन्न भएको नेपाल स्काट लुम्विनी प्रदेश संयोजक दिनानाथ भट्टराईले बताए ।