लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रेस चौतारीको स्थापना दिवसः रुपन्देहीमा ४० जनाले गरे रक्तदान

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले रक्तदान कार्यक्रम गरेको छ । एक कार्यक्रमका बिच सोमबार केन्द्रीय सचिव प्रदिप आचार्यले जिल्ला शाखाका अध्यक्ष लक्ष्मण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । पत्रकार हकहितसँग सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको प्रेस चौतारी नेपाल आफ्नो स्थापना दिवसमा देशभर नै रक्तदानको अभियानलाई अघि बढाएको केन्द्रीय सचिव प्रदिप आचार्यले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले रगत र रक्तदानको महत्वबारे प्रकाश पारे । पछिल्लो समय पत्रकारहरुसमेत रक्तदानमा अग्रसर हुँदा रक्तदानका समाचारमा प्राथमिकता पाउन थालेको उनले बताए । प्रत्येक ३–३ महिनामा शरिरमा खेर जाने रगत तत्वलाई दान गर्दा बिरामीहरुको ज्यान जोगाउन सकिने उनले बताए । यो दान सबैभन्दा पुण्य कार्यसमेत भएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष लक्ष्मण पौडेलले सामाजिक उत्तरदायित्वमा पत्रकार अघि बढ्न प्रेरणा मिल्ने गरी कार्यक्रम गरिएको बताए । रक्तदान अभियानमा संस्थागत रुपमा जोडिएर काम गर्दै आएको उनले बताए । कार्यक्रममा सल्लाहकार दिनेश पाण्डे, ईन्दिरा अर्याल, आरपी आचार्य, प्रदेश सदस्य मनिष पन्त, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष विकासजंग बस्नेत, मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण भट्टराई, रक्तसंचार सेवा केन्द्रका निरंजन राजभण्डारीले सामाजिक कार्यमा सबै संघसंस्थाहरु लाग्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित