दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलको कालिकानगरमा चारखुट्टे हाइटेन्सन पोल हटाइँदै

​​बुटवलको कालिकापथको सडकमा रहेका हाइटेन्सन लाइनका ठूला पोल हटाएर साना र सुरक्षित मोनोपोल राख्ने प्रक्रिया शुरू भएको छ ।

फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको हो ।

मोनोपोल चारखुट्टे जस्तो भद्दा संरचना पनि देखिँदैन । होराइजन चोकदेखि तलतिर सडकमा रहेका चार वटा ‘रिप्लेस’ गरिने नेपाल विद्युत प्राधिकरण योगीकुटी शाखाका इन्जिनियर इन्जिनियर सूर्य पाण्डेले बताए ।

अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गरेका थिए ।

‘चार वटा खुट्टा भएको जिग्राउँदो पोल हेर्दा पनि त्यति राम्रो देखिँदैन’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘अहिले नयाँ प्रविधिका मोनोपोल विकास भएको छ । एउटा ठिङ्ग उभिने पोल हो । यसले सडकलाई साँघुरो पनि पार्दैन हेर्दा नराम्रो पनि हुँदैन । त्यो व्यवस्था अनुसार यो काम अघि बढाएका थियौं, त्यहीँअनुसार काम अघि बढेको हो ।’

यो पोल राखिएपछि कालिकापथ थप आकर्षक र सुरक्षित हुनेछ ।​ विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित