रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका  वडा नम्बर १० सालझण्डीको आयोजानमा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा भएको तालिमको आईतबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

सैनामैना बनकट्टामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तीनाथ पाण्डेको  अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्यवाक्ति त्यसमा पनि दृष्टिविहिनता भएका व्याक्तिहरुले नयाँ विकास भएको प्रविधिको विषयमा जान्न जरुरी रहेको भन्दै सोही अनुसार क्षमता विकास आवश्यक रहेको बताएका थिए ।

उनले यसको लागि महासंघले लामोसमय देखि अपाङ्गता भएका व्याक्तिहरुको क्षमता विकास, नेतृत्व विकास, सिप विकास को क्षेत्रमा  पैरवी गर्दै ३ वटा तहका सरकारको संमन्वयमा विभिन्न संघ संस्था मार्फत कार्यक्रम सञ्चालनको लागि सहजीकरण गर्दै आएको बताएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शुनिल क्षेत्रीको स्वागत, सचिव रजिता रेग्मीको सञ्चालनमा भएको थियो भने प्रशिक्षक अनमोल गैरे लगालगायतले दृष्टिविनको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम को महत्वको विषयमा प्रकाश पारेका थिए ।

तालिममा दृष्टिविहनता भएका व्याक्ति, न्युन दृष्टिविहनता भएका व्याक्ति लगायतको सहभागीतामा रहेको थियो ।

संस्थाले ब्रेल स्क्रिनिङ्गको लागि ईन्टपुटको लागि आवश्यक पर्ने सफ्टवेयरसमेत निःशुल्क रुपमा प्रशिक्षार्थीहरुलाई उपलब्ध गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित