दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

तामाङहरुको नया वर्ष (सोनाम ल्होसार) मा विविध कार्यक्रम

तामाङहरुको नया वर्ष २८६० औ सोनाम ल्होसार पर्वलाई रुपन्देहीका तामाङहरुले विविध कार्यक्रम गरि मनाउने भएका छन । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा बुटवलमा भाषा, धर्मसंस्कार पुजापाठसहित सामाजिक गतिविधिहरु रक्तदान कार्यक्रम गरि मनाउने भएको हो ।

शनिबार छ्युम्हे ज्याङछयुपलिङ गुम्बामा पत्रकार सम्मेलन गरि अध्यक्ष राजेश लामाले माघ २४ गते ब्लड बैकमा रक्तदान, २५,२६ र २७ दिप प्रजल्वन, २७ गते दिपनगर तामाङ कुलपुजा बुद्घगुम्बामा मुल कार्यक्रम अन्तरगत शुभकामना कार्यक्रम गरिने बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष कृष्ण बहादुर मोक्तानले २०१३ सालमा स्थापना भएको संस्था देशभर नै तामाङ बसोबासीहरुको ठाउमा संगठित गर्दै भाषा, धर्म र संस्कृति संरक्षणको काम गर्दै आएको बताए । भाषा कक्षा संचालन चलाएको भएपनि अहिले आर्थिक समस्याले रोकिएको उनले बताए । भेषभुषा र संस्कृतिलाई संरक्षणको काम जरुरी रहेको उनले बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य बिर बहादुर घिसिङले सोनाम ल्होसार धेरै देशमा मनाईने बताए । माघदेखि चाड शुरु हुने उनले बताए । पंचपात्र मन्जुश्री आधारमा यो पर्व मनाईने उनले बताए । वर्षदिनमा एकैठाउमा परिवार आफन्त भेटघाट भएर मिठामिठा खाना खाने र रमाईलो पर्व भएको उनले बताए ।

कार्यक्रममा छ्युम्हे ज्याङछयुपलिङ गुम्बाका अध्यक्ष बिर बहादुर गोङम्बा, नेपाल आदिबासी समन्वय समितिका सदस्य धना लामा, सचिव शम्भु मोक्तानले वार्षिक कार्यक्रम गर्दै आएको बताए । रुपन्देहीमा २५० घरधुरीमा ३ हजार जति जनसंख्या रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित