‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नहरपुर खानेपानी निर्माण तथा उपभोक्ता समितिले गर्यो सार्वजनिक सुनुवाई

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर नहरपुरस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले एक वर्षको आम्दानी तथा खर्च विवरण सबै उपभोक्तालाई बोलाएर सार्वजनिक गरेको छ ।

समितिले आर्थिक वर्ष ०७९।८० मा भएका आम्दानी तथा खर्चका सबै विवरण तयार गरेर सार्वजनिक सुनुवाई गरेपछि मात्रै साधारण सभा बोलाउने यसअघिको निर्णय अनुरुप शनिबार पनि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष आशिष सूर्यवंशीले बताए ।

कोषाध्यक्ष विष्णुकुमारी जिसीले पेश गरेको एक वर्षको प्रतिवेदनमा ३४ लाख ४१ हजार १ सय ६१ रकममध्ये २७ लाख २० हजार २ सय ६० खर्च भएको र ७ लाख २० हजार ९ सय एक रकम मौज्जात रहेको उल्लेख छ । जसमध्ये आम्दानीमा चालु आर्थिक वर्षमा २३ लाख ४ हजार ९ सय ९७ र अघिल्लो वर्षको बैंक मौज्जातबाट ११ लाख ३६ हजार १ सय ६३ रकम मिलान गरिएको छ ।

समितिका अनुसार यो वर्ष ट्यांकी निर्माण तथा ठूला पाइप बिस्तारमा धेरै खर्च भएका कारण ठूलो बजेट खर्च भएको सचिव अर्जुन जीसीलेले बताए । शनिबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बुटवल वडा नं ११ का सदस्य नकुल शाहीले हरेक संस्थामा पारदर्शी आम्दानी खर्च विवरणले संस्थालाई जनउत्तरदायी बनाउने र सदस्यहरुसँग विश्वास बढाउने बताए ।

उनले संस्थाले बिगतका वर्षहरुबाट नै यस्तो राम्रो कामको शुरुवात गरेकोले काम गर्न धेरै सहज भएको र अन्य संघसंस्थाहरुले यस्तो विषयको अनुशरण गर्नुपर्ने उनको भनाइ छ ।

शाहीले गाउँटोलको विकासका लागि दलीय कुण्ठाबाट माथि उठ्नुपर्ने र विकासका हातेमालो नभए काम गर्न समस्या हुने विषयमा सबै दलका कार्यकर्ताहरु सचेत हुनुपर्ने जनाए ।

संस्थाका सल्लाहकार बलराम न्यौपानेले संस्थागत पारदर्शीका लागि सबै संस्थाहरुले आफ्नो योजनामा सार्वजनिक सुनुवाई कार्यक्रमलाई राख्नुपर्ने बताए । कार्यक्रममा टोल विकास संस्थाका रमा पराजुली, स्थानीय सूर्य कुँवर, भेषराज पोखरेललगायतले बोलेका थिए । करिब १६ सय घरभुरी उपभोक्ता रहेको यो समितिले हरेक वर्ष सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित