‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पाल्पाको रानीमहल जाने सडक चैत ५ गते सम्म बन्द

बुटवल । सडक मर्मत गर्न भन्दै लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय ठाउं पाल्पाको रानीमहल जाने सडक डेढ महिना बन्द गरिएको छ ।

रानीमहल पाल्पाको प्रमुख पर्यटकीयस्थल हो । यही गन्तव्य जाने सडक लामो समय मर्मतका लागि बन्द गर्न लागिएको हो । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न सडक बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जानकारी दिएको छ ।

कार्यलयका अनुसार हिजो बुधबारदेखि ४८ दिनसम्म सडक बन्द हुने भएको छ । त्यो भनेको चैत ५ गतेसम्म हो ।

कार्यालय प्रमुख बासुदेव भण्डारीले रानीमहल जाने सडक बन्द पछि सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायी, सरोकारवाला कार्यालय, निर्माण व्यवसायीसमेतको उपस्थितिमा सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको हो ।

तानसेनदेखि १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुंदा तानसेन–हार्थोक–अर्गली हुंदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर छ ।

पहिलो चरणमा बैकुन्ठे भीर नजिकैको सडक ढलान कार्य गर्न लागिएको र त्यसका लागि काम गर्न २० र ढलान पछिको २८ दिनको समय बन्द गर्ने निर्णय भएको उनले बताए ।

यसैबीच सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गदेखि पाल्पाको पूर्वभेग जोड्ने मुख्य मार्ग आर्यभन्ज्याङ–रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द गर्ने जनाएको छ ।

हुमिन–ताहुं देउराली सडक खण्डमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गर्न माग गरेपछि राजमार्ग सडक सुरक्षा समितिको बैठकले बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो । बिहान साढे १० देखि दिउंसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित