प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

तिनाउ नदिबाट बोरा भरेर नदिजन्य पद्धार्थ ‘चोरी’

बुटवल । पछिल्लो समय तिनाउ नदि र उकास क्षेत्रमा नदिजन्य पद्धार्थको चोरी निकासी बढेको छ । सरोकारवाला निकायहरुको वेवास्ताका कारण चोरी निकासीमा ठुलै गिरोह नै परिचालित छ ।

तिनाउ नदिमा जिविका पार्जनका लागि बोरामा नदिजन्य पद्धार्थ उठाउनेहरुलाई प्रयोग गरेर गिरोहले रातरात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन् ।

बुटवलको मगरघाट माथी, एन्फा एकेडेमीको पछाडि बाट बोरामा नदिजन्य पद्धार्थ उठाएर चोरी निकासी भइरहेको छ । त्यस्तै बुटवल १७ रानीगञ्जमा पनि उकास क्षेत्रबाट नदिजन्य पद्धार्थको चोरी निकासी भएको छ ।

तस्करहरुले रानीगञ्जमा पोखरी जत्रो खाडल नै बनाएर गरेको नदिजन्य पद्धार्थ चोरी स्थल

केही दिन अघि बुटवल उपमहानगरपालिकाको एक टोली रानीगञ्जमा नदि उकास क्षेत्रबाट नदिजन्य पद्धार्थ चोरी निकासी भएको सूचना पछि स्थलगत अनुगमनमा पुगेको थियो ।

रानीगञ्जमा तस्करहरुले ठुलै पोखरी आकार बनाएर नदिजन्य पद्धार्थ चोरी गरिरहेको भेटिएको छ ।
नगरप्रहरी सहितको टोली तस्करी भइरहेको सूचना पाएर उक्त स्थलमा पुगेपनि त्यहाँबाट तस्करहरु भने भाग्न सफल भएका थिए । उक्त टोली रित्तो हात फर्केको थियो ।


अहिले बुटवलको तिनाउ नदिबाट बोरामा नदिजन्य पद्धार्थ निकाल्नेको तातीनै लागेको छ । उनीहरुले अव्यवस्थित ढंगले नदिजन्य पद्धार्थ खोलाबाट निकालिरहेका छन् ।

स्थानिय तहले बोरामा नदिजन्य पद्धार्थ निकाल्दा बातावरणिय प्रभाव मुल्यांकन (ईआईए) गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन् । जसका कारण नदिमा गहिरा खाडल बनाएर स्थानियले जथाभावी नदिजन्य पद्धार्थ निकालिरहेका छन् ।

त्यसरी निकालेको नदिजन्य पद्धार्थ उनीहरुले ट्याक्टरमा लोड गरेर विक्रि वितरण गर्ने गरेको भेटिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरीले स्थानियको नाममा तिनाउ नदिबाट नदिजन्य पद्धार्थको चोरी निकासी बढिरहेको र स्थानिय तहले यसको नियन्त्रण गर्न नसकेको बताए ।

‘तिनाउमा दोहन भइरहेको सूचना नगरपालिकालाई बारम्बार गराउँदा समेत अनुगमन भएन । तिनाउ नदिमा जथाभावी उत्खनन गर्दा तटबन्ध समेत मासिसक्यो’ उनले भने ।

बोरामा जथाभावी नदिजन्य पद्धार्थ निकाल्दा मगरघाटको पुल, बुद्धनगरको पुल अब बाढिको उच्च जोखिममा रहेको समेत उनले बताए । बुटवलको बुद्धनगर, पवित्रानगर, प्रगतिनगर, मजुवा क्षेत्रमा पनि यसरी नै नदिजन्य पद्धार्थ जथाभावी निकाल्दा आधा दर्जन भन्दा बढि स्थानको तटबन्ध समेत भत्कीसकेको उनले बताए ।

अहिले तिनाउ नदिभर गहिरा खाडल मात्र देख्न सकिन्छ । केही स्थानियहरुले दिनभर खाडलमा साना मेसिन लगाएर बालुवा, गिट्टी थुपारने र साझ परेपछि ट्याक्टरमा उठाएर विक्रि गर्ने गरेको वडा सदस्य ठकुरीले बताए ।

सोमबार मात्र खोलाबाट बोरामा भरेर राखिएको अवस्थामा रहेको करिव १२ सय बोरा नदिजन्य पद्धार्थलाई खोलामै फ्याकिएको छ ।

वडा सदस्य नहकुल शाही ठकुरी, विभिन्न टोलका अध्यक्ष र स्थानिय सहितको एक अनुगमन टोलीले तिनाउ खोलाबाट बोरामा नदिजन्य पद्धार्थ भरेर चोरी निकासी भइरहेको भेटाएपछि स्काभेटरको प्रयोग गरेर नदिजन्य पद्धार्थ खोलामै फालिदिएको थियो ।

‘खोलाबाट बोरामा बालुवा, गिट्टी भर्ने र रात परेपछि ट्याक्टरमा लोड गरेर लैजाने । यसरी लैजानेहरु गिरोह छन् । युवाहरु समेत यसमा सामेल रहेछन्’ उनले भने ।

स्थानियहरुको ठुलो समुह नदिमा पुग्दा उनीहरुले बोरामा बालुवा, गिटटी उठाइरहेका थिए । त्यसपछि भने उनीहरुले त्यहाँ जनप्रनिधिी, टोल विकास संस्थाका नेतृत्वकर्तालाई प्रतिबाद समेत गर्न खोजेका थिए । खोलामै उनीहरुले रोजगारीमा माग समेत गरेका थिए ।

खोलाबाट बोरा निकालेर बाटोमा डम्प गरेको अवस्थामा १२ सय बढि बोरा भेटिएपछि नगरप्रहरी, नेपाल प्रहरीलाई खवर गरिएको थियो । त्यसपछि मात्र बल्ल भेटिएको नदिजन्य पद्धार्थ खोलामै फ्याकिएको थियो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नदिबाट अबैध रुपमा उत्खनन गर्नेहरु विरुद्ध अप्रेशन चलाइएको बताए । उनले गैरकानुनी काम गर्ने कसैलाई पनि नछाड्ने भन्दै सवैको सहयोग लिएर नदिजन्य पद्धार्थको चोरी निकासीलाई नियन्त्रणमा लिने बताए ।

‘मेरो चुलो अब निभ्छ’
जनप्रतिनिधी, नगरप्रहरी, नेपाल प्रहरी र स्थानियहरुको रोहबरमा त्यहाँबाट विक्रिका लागि लैजान ठिक्क पारिएका नदिजन्य पद्धार्थ खोलामै फालिदिएपछि केहीले भने यसको विरोध गरेका थिए ।
आफुहरुलाई सरकारले रोजगारी दिन नसक्ने र बालुवा चालेर पनि खान नदिएको भन्दै उनले जनप्रतिनिधी र प्रहरी सामु आक्रोश पोखेका थिए ।
कतिपयले भने डोजरले नदिजन्य पद्धार्थ परिदिदा भक्कानिएर समेत रोएका थिए ।

बुटवल रानीगञ्जकी माया कुमाल नदिजन्य पद्धार्थ खोलामै मिल्काईदिदा निकै भक्कानिदै रोएकी थिईन । ३० बर्षिय कुमाल बालुवा चालेरै मानसिक रोगी श्रीमान, सासु ससुरा र छोराछोरीको लालनपाल गरेको बताईन ।

‘मैले दिनभर दुःख गरेर १५÷२० बोरा बनाउँछु । त्यसलाई ४० रुपैयामा विक्रि गर्दा दिनमा ५÷६ सय कमाई हुन्छ । त्यसैले घरखर्च चलाएकी छु । अब खोलामै पस्न नदिए कसरी परिबार पाल्ने’ उनले भनिन् ।

२ बर्षदेखि तिनाउ नदिमा बोरामा बालुवा चालेर विक्रि गर्दै आएकी कुमालले ज्यामी काम गर्न जाँदा ठेकेदारले रकम नदिएपछि परिबार पाल्न नदिमा बालुवा चाल्नु परेको बताईन ।


‘श्रीमान मानसिक रोगी छन् । घरमा बृद्ध सासु ससुरा छन् । ३ वटा छोराछोरीलाई यहि बालुवा चालेर पढाएकी छु । तर ठुलो तस्करी गर्नेलाई कसैले केही नगरी बोरामा बालुवा भरेर जिविका चलाउनेलाई सवैले देख्ने रहेछ’ उनले गुनासो गर्दै भनिन् ।

उनले खोलाबाट नदिजन्य पद्धार्थ व्यवस्थित ढंगले निकाल्न पाउनुपर्ने समेत बताईन । ‘बरु कहाँ निकाल्ने मिल्ने हो रेखांकन गरिदियोस तर खोलामै पस्न पाईन्न भनेर भन्नु हाम्रो पेटमा लात हाने जस्तो छ । यसो भए त मेरो चुलोमा अब आगो निभ्छ’ उनले भनिन् ।

बुटवल प्रगतिनगरकी कल्पना पुनले पनि ठुलो तस्करी गर्नेहरुलाई कारबाही कसैले नगरेको भन्दै आक्रोश पोखिन । उनले घरखर्च र परिबार चलाउन आफुहरु बालुवा चाल्ने गरेको भन्दै नदिजन्य पद्धार्थ निकाल्न बरु व्यवस्थित गर्नुपर्ने बताईन ।


डेढ बर्ष देखि बालुवा बोरामा तयार गरेर जिविका चलाएकी ५० बर्षिय पुनले बालुवा विक्रि गरेर घरखर्च चलाउने गरेको र २ छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित