दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलमा फागुन १० देखि प्राङ्गारिक कृषि मेला हुने

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति गठन गरेको छ ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा सञ्चालन गर्ने प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष हरीप्रसाद अर्यालको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए।

कार्यसम्पादन समितिको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे तथा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यसम्पादन समितिको सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाललाई आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेललाई समारोह व्यवस्थापन उपसमिति र सहकोषाध्यक्ष धनकुमारी खनाललाई अतिथी सत्कार तथा उपहार व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । संघका कार्यसमिति सदस्यहरु कार्यसम्पादन समितिको सदस्य रहेने गरी विभिन्न विषयगत जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मुल्यांकन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पूर्वअध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा प्राविधिक सल्लाहकार उपसमिति गठन गरी उक्त समितिमा विभिन्न सरकारी निकाय, परियोजना लगायतका संघसंस्थाको क्रमशः प्रतिनिधित्व हुनेगरी थप गर्दै जाने निर्णय गरिएको छ ।

बैठकले २०८१ सालको पुस महिनामा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने पनि निर्णय गरेको छ । २०४१ सालमा पहिलो पटक औद्योगिक औद्योगिक प्रदर्शनी गरेको संघले हालसम्म ११ औं संस्करणको औद्योगिक व्यापार मेला सम्पन्न गरिसकेको छ । संघको कार्यसमिति बैठकले २०८१ पुसमा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने निर्णय गर्दै आवश्यक समन्वय र अनुमतीका लागि बुटवल उपमहानगरपालिका लगायत सम्वद्ध निकायमा पत्राचार गर्ने निर्णय गरिएको महासचिव अधिकारीले जानकारी दिए ।

बैठकबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आन्तरिक जिम्मेवारी पनि प्रदान गरिएको छ । त्यसैगरी संघमा अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसंग संघमा व्यवसायिक सेवा गुणस्तर र विस्तारका लागि तीन वर्षका लागि युएसएईडिको रुफ अफ द वल्र्ड कार्यक्रम सञ्चालनको लागि भएको सम्झौता अनुमोदन गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित