‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पूर्वअर्थमन्त्री बर्षमान पुनले गरे लुम्बिनी भ्रमण, लुम्बिनीलाई विश्वव्यापी बनाउन सुझाव

नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आईतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
लुम्बिनी पुगेका नेताद्धयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन । उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरु जानकारी गराएका थिए ।
पूर्वअर्थमन्त्री समेत रहेका पुन र प्रतिनिधिसभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरे । भ्रमणपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै पूर्वअर्थमन्त्री बर्षमान पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए । उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितीले आशा जगाएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनी अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको बताए । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्ष सहितको टिमले त्यसलाई केही रुपमा अघि बढाएको समाचार सुनेको बताए । ‘लुम्बिनी विश्वसामू चिनाउन सकिएकोे छैन । नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामू चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ’ उनले भने ।
उनले बुद्धदर्शन शान्ति,मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मका विच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।

पुन सहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियो समेत बालेका थिए । त्यस्तै मोन्लम पुजामा समेत अवलोकन गरे ।

 

पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनको समेत सहभागिता रहेका थिए । उक्त अवसरमा उपाध्यक्ष डा. लामासँगै योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य श्याम रोक्काले पूर्वमन्त्री पुन सहितको टोलीलाई लुम्बिनीमा स्वागत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित