‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा बटन थिचेर, बाटो काटेर समुद्घाटन गरे। हाल तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरि विभिन्न चोकहरुमा ट्राफिक लाइट जडान छन् ।

धेरै दुर्घटना हुने क्षेत्र मानेर सो क्षेत्रमा शान्तिकुञ्ज चोक मुख्य सडकमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेडेस्ट्रियन क्रसिङ राखेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए। दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदलयात्रुलाई बिशेष ध्यानमा राखी सो प्रबिधि जडान गरिएको उनको भनाई छ।

सो अवसरमा बोल्दै नगरउपप्रमुख जगेश्वर देवी चौधरीले नगरको समग्र बिकासका लागि प्रविधिले पनि धेरै प्रभाव पार्ने हुँदा प्रविधिको बिकास संगै भौतिक र मानवीय बिकासलाई जोड दिइएको र फलस्वरूप सेल्फ क्रसिंग प्रबिधि राखिएको उनको भनाइ छ।

कार्यक्रममा आएका अतिथिलाई स्वागत गर्दैतिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले नगर बाल मैत्री पछि युवा मैत्री बाताबरण संगै बाताबरण मैत्री बाताबरण निर्माण गर्न यस्ता खाले प्रविधिको सहि सदुपयोग गरि समृद्ध तिलोत्तमा बनाउन सबै एकजुट हुनुपर्ने बताए।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बजिर सिंह बिस्टले ट्राफिक नियमको पालना गरि सवारी चलाएमा दुर्घटना बात बाँचिने समेत बताए। ‘पैदलयात्रुले स्वीच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन् ।

त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ प्रहरी निरिक्षक बिस्टले भने।सो अवसरमा प्रविधिको बारेमा बोल्दै क्यु सेरा मल्टिप्रपोजका बिबेक श्रेष्ठले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताए।

उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित