रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

देवदहबासीले पाउँनेछन् अब निशुल्क रगत

बुटवल । देवदह नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीद्धारा संचालित रक्तसञ्चार सेवा केन्द्र बुटवल वीच निशुल्क रगत उपलव्ध गराउने गरी सम्झौता भएको छ ।

देवदह क्षेत्रमा बसोवास गर्ने नागरिकलाई निशुल्क रगत उपलव्ध गराउने गरी दुवै पक्ष वीच सम्झौता भएको हो । देवदह क्षेत्रका नागरिकलाई रक्तसञ्चार सेवा केन्द्र बुटवलले निशुल्क रगत उपलव्ध गराउने र सो वापत लाग्ने खर्च देवदह नगरपालिकाले व्यहोर्ने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा देवदह नगरपालिको तर्फबाट नगरप्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा र नेपाल रेडक्रस सोसाईटीको तर्फबाट रुपन्देही शाखा सभापति दिपकप्रसाद क्षेत्री न्यौपाने, उपसभापति मित्रलाल न्यौपाने र रक्तसञ्चार सेवा केन्द्र बुटवलका ईन्चार्ज राधा ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा देवदह नगरवासीलाई निशुल्क रगत उपलव्ध गराउने, सेवा वापतको रकम देवदह नगरपालिकाले व्यहोर्ने, प्रत्येक महिना विल सहित नगरपालिकामा बुझाउने, निशुल्क रगत लिनको लागि देवदहवासी हुनु पर्ने, रगत लिदा स्थायीवासीको प्रमाण पेश गर्नुपर्ने, आपत कालिन अवस्थामा देवदह नगरपालिकाले गरेको सिफारिसको आधारमा रगत उपलव्ध गराउने उल्लेख गरिएको छ । नागरिकता, बसाईसराई, विवाह दर्ता, तथा नगरपालिकाको सिफारिसको आधारमा रगत उपलव्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी नगरपालिका भित्र रक्तदानको कार्यत्रम गर्न नगरपालिकाले समन्य गर्नुपर्ने, एक आर्थिक बर्षमा एक जनालाई बढिमाा १५ पिन्ट सम्म रगत उपलव्ध गराउने निर्णय सम्झौतामा उल्लेख गरिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले रगतको अभावमा कुनैपनि नगरवासीले मृत्युवरण गर्न नपरोस भनेर नगरपालिका र रक्तसञ्चार सेवा केन्द्र वीच सम्झौता गरिएको बताए ।

उनले विगतका दिनमा पनि नगरपालिकाले नागरिकलाई निशुल्क रगत उपलव्ध गराउदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने गरी सम्झौता गरिएको बताए । उनले रक्तसञ्चार सेवा केन्द्रमा रगत लिन पुगेका देवदहवासीलाई नगरपालिकाले दिने सेवाको वारेमा जानकारी दिन समेत आग्रह गरे ।

सोही अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति न्यौपानेले रगतको कुनै मुल्य नहुने बताउदै रगत व्यवस्थापनमा लाग्ने खर्चमात्र लिईएको जानकारी दिए । उनले रुपन्देहीको १६ वटै पालिका संग सम्झौता गरिरहेको बताउदै नागरिकलाई रगत लिन सहज होस भनेर यस्ता अभियान संचालन गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित