गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

बुटवलमा मोटर पार्ट्सको गोदाममा आगलागी

बुटवलमा रहेको एक मोटर पार्ट्सको गोदाममा सोमबार आगलागी भएको छ।

बुटवल-९ कालिकास्थित भुमी सापकोटाले संचालन गरेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सोमबार दिउँसो करिब साढे १२ बजेतिर मोटर पार्टसको गोदाममा आगलागी भएको जानकारी दिए।

बाक्लो बस्ती र छेउछाउका घरहरुमा बैंकहरु समेत रहेको गोदाममा लागेको आगो डेढ घण्टा पछिमात्रै नियन्त्रणमा आएको हो।

आगो निभाउन नेपाल प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना, लुम्बिनी सांस्कृतिक र नवलपरासीको बर्दघाट नगरपालिकाका एक/एक र बुटवल उपमहानगरपालिकाका २ गरी ६ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित