लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दीका २८ वर्षीय हेमन्त जीटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार पिपलडाँडाबाट हुँगी जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको हो ।

मोटरसाइकल सडकबाट अन्दाजी २०० मिटर तल कालिगण्डकी किनारमा खसेको उनले बताए ।

मोटरसाइकल चालक जीटीको दुर्घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित