लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५ सय ४३ मत ल्याएर विजयी भए भने संघका वरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४ सय ६३ मत पाएका थिए ।

अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए । संघको पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रित परिणाम आएको छ । संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी विजयी भएका छन् । भण्डारीले ५ सय ३५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४ सय ४७ मत पाएका थिए ।

त्यसैगरी द्वितीय उपाध्यक्षमा ५ सय ५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी भएका छन्  उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४ सय ११ मत प्राप्त गरे । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५ सय ४४ मतका साथ बिजयी भए भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४ सय ५२ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५ सय २९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४ सय ३८ मत प्राप्त गरे । सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५ सय ४८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४ सय ४६ मतमा पाए ।

सहकोषाध्यक्ष पदमा ५ सय १९ मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई विजयी हुँदा भण्डारी प्यानलका विनित भटराईले ४ सय ८५ मत प्राप्त गरे ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यस अघि  नै निर्विरोध निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भट्टराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोविन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जीवलाल पौडेल विजयी भएका छन् ।

त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ विजयी भएका छन् । कुल १ हजार ६ सय १ जना मतदाता रहेको संघको निर्वाचनमा एक हजार ८७ मत खसेको थियो । साँझ ८ बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम राति ३ बजे घोषणा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित