गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

अक्सफोर्ड मा. वि बुटवल ११ र १२ का विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम

बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा. वि मा शुक्रबार कक्षा ११ र १२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयाेगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए।

प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुकाे प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपकाे प्रयाेग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए ।

२०५९ सालमा स्थापना भएको मा. विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ वटा स्टलहरू रहेका थिए। जसमा मम,पिजा,बर्गर, जस्ता परिकारहरू रहेका थिए।

करिब छ हजारकाे उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरकाे आर्थिक काराेबार भएको प्राध्यापक गाेकर्ण खरेलले बताए ।उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए।

कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली ,क्याम्पस प्रमुख मनाेज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको उपस्थिति रहेको थियोे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित