दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रुपन्देही व्यापार संघमा नेतृत्व चयनको चटारो : क्रम भंग गर्ने अधिकारी प्यानलको दाबी

बुटवल । रुपन्देही व्यापार संघमा ३६ सदस्यीय कार्यसमितिको निर्वाचन हुदैछ। २२औं साधारण सभा एवं १२ अधिवेशनमा यसपटक दुई प्यानल बनाएर निर्वाचनमा होमिएका छन।

दिपक अधिकारी र डिल्लीराज भण्डारी नेतृत्वका लागि प्यानल नै बनाएर प्रचारमा लागेका छन् । हाल द्घितिय उपाध्यक्ष रहेका दिपकअधिकारी अहिले अध्यक्षमा उम्मेद्वार छन। उनी कार्यकाल सदस्य, कार्यकाल कोषाध्यक्ष, कार्यकाल उपाध्यक्ष कार्यकाल प्रथमउपाध्यक्षहुँदै अध्यक्षमा उम्मेदवार बनेका हुन ।

उम्मेदवारमा प्रतिस्पर्धा नहुदा संस्थाको गति सुस्त भएको कारण अाफुले उम्मेदवारी दिएको उनले बताए ।

साथै संस्थालाई तिव्रता दिने गरि अघि बढाउन निर्वाचन महत्वपुर्ण हुने उनले बताए। ब्यवसायीहरुमा संस्थाप्रति घटेको आकर्षकलाई तिव्रतादिन पनि आफू उम्मेदवारी दिएको उनको भनाई छ। उनको पक्षमा पुर्व अध्यक्षहरु मोति ज्ञवाली, शंकर भट्टराई, श्रीकृष्ण पोखरेल, मोतिलालपाण्डे, पदम श्रेष्ठ, कृष्ण घिमिरे छन।

पालोभन्दा पनि कामको आधार परिवर्तन आत्मसातसहित पहिलोपटक निर्वाचन हुन लागेको उनले बताए । ´चुनावी माहौल सकारात्मकछ। युवाहरुलाइ नै अब काम गर्न दिनुपर्छ भन्ने पक्षमा ब्यवसायीहरु छन।` उनले भने ।

उनले उप महानगरपालिकाबाट लिने करको दर कम गर्न पहल गर्ने समेत प्रतिवद्घता जनाए।

उनकै प्यानलमा ऋषिराम पाण्डे प्रथम उपाध्यक्षका उम्मेदवारी दिएका छन। उनी अर्का प्यानलका दया भण्डारीसंग प्रथम उपाध्यक्ष पदमालड्दैछन।

पाण्डेले बाहिर प्रचार गरे जस्तो गुट, उपगुटमा नरहेको बताए

´गुट कुनै होइन, हामी युथ भएर अायौ । यसलाई एमाले र गैर एमाले भन्न सकिन्छ । हामी संस्थापन पक्ष हौ । अर्को प्प्यानल गठबन्धन हो ।` उनले भने ।

उनले  एमालेका मत तान्न गुट बनेको भन्दै कुप्रचार गरिएको बताए ।

उनले ब्यबसायीका हक हितमा काम गर्न नै अाफहरु निर्वाचनमा होमिएको बताए ।

साथै उनले भन्सार नाकाको समस्यालाई पटकपटक उठाउदै ब्यवसायिहरुको हितमा काम गर्न सफल भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्वता उनले ब्यक्त गरे

अर्का अध्यक्षका उम्मेदवार डिल्लीराज भण्डारी ब्यबसायी मैत्री बाताबरण बनाउन अाफ्नो उम्मेदवारी रहेको बताए ।

डिल्ली राज भण्डारीको पक्षमा पुर्व अध्यक्षहरु टंक पोखरेल, यमलाल लोहनी खुलेका छन।

हाल संघमा १५९६ जना सदस्य छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित