गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

रुपन्देही व्यापार संघमा नेतृत्व चयनको चटारो : क्रम भंग गर्ने अधिकारी प्यानलको दाबी

बुटवल । रुपन्देही व्यापार संघमा ३६ सदस्यीय कार्यसमितिको निर्वाचन हुदैछ। २२औं साधारण सभा एवं १२ अधिवेशनमा यसपटक दुई प्यानल बनाएर निर्वाचनमा होमिएका छन।

दिपक अधिकारी र डिल्लीराज भण्डारी नेतृत्वका लागि प्यानल नै बनाएर प्रचारमा लागेका छन् । हाल द्घितिय उपाध्यक्ष रहेका दिपकअधिकारी अहिले अध्यक्षमा उम्मेद्वार छन। उनी कार्यकाल सदस्य, कार्यकाल कोषाध्यक्ष, कार्यकाल उपाध्यक्ष कार्यकाल प्रथमउपाध्यक्षहुँदै अध्यक्षमा उम्मेदवार बनेका हुन ।

उम्मेदवारमा प्रतिस्पर्धा नहुदा संस्थाको गति सुस्त भएको कारण अाफुले उम्मेदवारी दिएको उनले बताए ।

साथै संस्थालाई तिव्रता दिने गरि अघि बढाउन निर्वाचन महत्वपुर्ण हुने उनले बताए। ब्यवसायीहरुमा संस्थाप्रति घटेको आकर्षकलाई तिव्रतादिन पनि आफू उम्मेदवारी दिएको उनको भनाई छ। उनको पक्षमा पुर्व अध्यक्षहरु मोति ज्ञवाली, शंकर भट्टराई, श्रीकृष्ण पोखरेल, मोतिलालपाण्डे, पदम श्रेष्ठ, कृष्ण घिमिरे छन।

पालोभन्दा पनि कामको आधार परिवर्तन आत्मसातसहित पहिलोपटक निर्वाचन हुन लागेको उनले बताए । ´चुनावी माहौल सकारात्मकछ। युवाहरुलाइ नै अब काम गर्न दिनुपर्छ भन्ने पक्षमा ब्यवसायीहरु छन।` उनले भने ।

उनले उप महानगरपालिकाबाट लिने करको दर कम गर्न पहल गर्ने समेत प्रतिवद्घता जनाए।

उनकै प्यानलमा ऋषिराम पाण्डे प्रथम उपाध्यक्षका उम्मेदवारी दिएका छन। उनी अर्का प्यानलका दया भण्डारीसंग प्रथम उपाध्यक्ष पदमालड्दैछन।

पाण्डेले बाहिर प्रचार गरे जस्तो गुट, उपगुटमा नरहेको बताए

´गुट कुनै होइन, हामी युथ भएर अायौ । यसलाई एमाले र गैर एमाले भन्न सकिन्छ । हामी संस्थापन पक्ष हौ । अर्को प्प्यानल गठबन्धन हो ।` उनले भने ।

उनले  एमालेका मत तान्न गुट बनेको भन्दै कुप्रचार गरिएको बताए ।

उनले ब्यबसायीका हक हितमा काम गर्न नै अाफहरु निर्वाचनमा होमिएको बताए ।

साथै उनले भन्सार नाकाको समस्यालाई पटकपटक उठाउदै ब्यवसायिहरुको हितमा काम गर्न सफल भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्वता उनले ब्यक्त गरे

अर्का अध्यक्षका उम्मेदवार डिल्लीराज भण्डारी ब्यबसायी मैत्री बाताबरण बनाउन अाफ्नो उम्मेदवारी रहेको बताए ।

डिल्ली राज भण्डारीको पक्षमा पुर्व अध्यक्षहरु टंक पोखरेल, यमलाल लोहनी खुलेका छन।

हाल संघमा १५९६ जना सदस्य छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित