लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुद्धनगर खानेपानी समितिद्वारा रक्तदान, ६८ यूनिट संकलन

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ प्वाइन्ट रगत संकलन भएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

स्थानीय स्तरमा रक्तदानलाई हरेक व्यक्तिलाई नियमित बनाउनका लागि धेरै वर्ष पहिलेदेखि रक्तदान कार्यक्रमलाई संस्थाले नियमित गर्दै आएको संस्थाका अध्यक्ष आशिष सूर्यवंशीले बताए । बुधबारको रक्तदानमा पनि स्थानीय उपभोक्ताको सकृयतामा ६८ प्वाइन्ट रगत संकलन गर्न सकिएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने उनले बताए ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुद्धनगर नहरपुरमै आयोजना गरिएको सो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ ।

हरेक सामाजिक संघसंस्थाले आफ्नो नियमित कार्यक्रममा रक्तदानलाई जोड्नसके रगत अभावमा सर्वसाधारण दौडन नपर्ने र नियमित रक्तदानले हरेक व्यक्तिलाई स्वस्थ्य राख्नसक्ने खानेपानी समितिका सचिव अर्जुन जिसीले बताए ।

नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले विहिबार १० औं पटक आयोजना गरेको कार्यालय सचिव प्रकाश काफ्लेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित