रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

 

बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचार बारे सकारात्मक सन्देश दिनेगरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए । बालबालिकाहरु बारे अनुसन्धान तथा उपचार पद्दतीलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक वातावरण निर्माण गरिने मेसु थापाले बताए । अस्पतालको बाल रोग तथा प्रसुती विभाग कक्ष अगाडि बैचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो ।

अस्पतालका बाल रोग विशेज्ञ नेत्र रानाका अनुसार पछिल्लो सयम बालरोग उपचार तथा परामर्शका लागि आउनेका सङ्ख्यामा वृद्धि भएको छ । बाल रोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए । शुक्रबार एक कार्यक्रमका बीच बाल उद्यानको उद्घाटन गर्दै बाल रोग विभागका प्रमुख बाल रोग विशेषज्ञ डा. किरणमणी पौडेलले बालबालिकाहरु शुष्म मस्तिका कुनै पनि नरात्मक प्रभाव र डर त्रास बिनानै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने उल्लेख गरे । उपचारभन्दा ठूलो र महत्वपूर्ण कुरा उनीहरुलाई मानसिक रुपमा तयार पार्नु भएको बताउँदै कुनै पनि बिरामीले अस्पतालमा आएर दबाब महशुस गर्नुपर्ने वातावरणको अन्त्य हुन जरुरी रहेको बताए ।

कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो । अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघिनै प्रसुती तथा बालरोग उपचारका लागि छुट्टै नमूना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुका साथै बाहिरी प्रदेशका जिल्लाबाट समेत उपचारका लागि आउने प्रादेशिक अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित