रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन

रूसी सेनामा भर्ना भएका पाल्पाका एक युवा दुई सातादेखि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजी गरी स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल एक महिना अघिमात्रै रूसी सेनामा भर्ना भएर युक्रेनी सीमा क्षेत्रमा खटिएका थिए।
विष्णुका दाइ ईन्द्र बहादुर पौडेलका अनुसार विष्णु तीन वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका थिए। अवकाशपछि घरमै रहेका विष्णुले परिवारलाई जानकारी नदिई गत असोज २९ गते रूस गएको दाइ ईन्द्रले बताए।
घरमा बडादसैंको तयारी गरिरहेका बेला रूस गएको भन्दै परिवारसँग सम्पर्क गरेका विष्णुले पछिल्लो दुई सातादेखि भने परिवारसँग कुनै सम्पर्क नगरेको ईन्द्रबहादुरले बताए।
रूस गएको केही दिनमै गत नोभेम्बर ३ तारिखमा रूसी सेनामा भर्ना भएका विष्णुले आफूलाई युक्रेनको सीमा क्षेत्रमा खटाइएको बताएका थिए। उनले आफूलाई रूसी राइफल म्यानको जिम्मेवारी दिएर रोस्टभ रिजनको पेरसिअनोस्की गाउँमा खटाएको नियुक्तिपत्र परिवारका सदस्यलाई पठाएका थिए।
तर युद्धग्रस्त मुलुकमा नियमित फोन सम्पर्क गर्न नपाइने भन्दै बेलाबेला फेसबुक म्यासेन्जरमा म्यासेज छोड्ने गरे पनि दुई सातादेखि भने कुनै सम्पर्क नगरेको ईन्द्रले बताए।

त्यसअघि आफू बिरामी भएकोले युक्रेनी सीमा क्षेत्रको अस्पतालमा भर्ना भएको भन्दै भाई प्रदीपलाई सन्देश पठाएका विष्णुले त्यसपछि भने कुनै सम्पर्क गरेका छैनन्। रूसी सेनामा भर्ना भएपछि नै कसैसँग सम्पर्क गर्न नदिएको र अस्पतालबाट लुकेर सम्पर्क गरेको उनले भाइ प्रदीपलाई बताएका थिए।
युक्रेन सीमामा हिउँ परिरहेको र अत्यधिक चिसोका कारण छाती दुख्ने भइ फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भए पनि कुन अस्पतालमा भर्ना भएको भन्नेबारे जानकारी नगराएको प्रदीपले बताएको खबर सेतोपाटीमा छ ।

दाइ ईन्द्रले घरपरिवारले युद्धग्रस्त मुलुकमा रोजगारीका लागि नजान आग्रह गरे पनि राम्रो तलब पाइने र एक वर्षमै त्यहाँको ग्रीनकार्ड पाइने प्रलोभनमा आफूहरूलाई जानकारी नगराई भाइ रूस गएको बताए।
‘भाइले रूस जाने तयारी गरिरहेको छ भन्ने थाहा पाएर नजान भन्दै सम्झाएका थियौं तर, राम्रो तलब पाइने र एक वर्षमै ग्रीनकार्ड पाइने भन्दै एजेन्टले देखाएको प्रलोभनमा परेर जाने बेलामा हामीलाई जानकारी पनि गराएको थिएन,’ उनले भने।
एजेन्टले रूस पुगेपछि तत्कालै राम्रो तलब दिएर रूसी सेनामा भर्ना गर्ने भन्दै रूस जाने कुरा घरपरिवारलाई समेत जानकारी नगराउन भनेको ईन्द्रले बताए। त्यहाँ पुगेपछि भने छुटकारा पाउन सके घर फर्किने इच्छा देखाएको उनले बताए।
‘बुहारी सुमित्रासँग कुरा गर्दा रूसी सेनाबाट छुटकारा पाउन सके नेपाल फर्किने इच्छा देखाएको रहेछन्, भाग्न मिल्ने अवस्था छैन भागेर फेरि पक्राउ परे २० वर्ष कैद हुन्छ रे तर, जे जसरी हुन्छ यहाँबाट फर्काउन पहल गर्नु भनेका रहेछन्,’ ईन्द्रले भने।
ईन्द्रले भाइलाई स्वदेश फिर्ताको लागि पहल गरिदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, रूसमा रहेको नेपाली दूतावास, गैरआवासीय नेपाली संघ लगायतसँग अनुरोध गरेका छन्।
रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गगत भट्टराईले यसअघि गाउँबाट कुनै पनि युवा रूस गएको जानकारी नभएको र दुई दिन पहिले मात्रै निज पौडेल रूसी सेनामा भर्ना भएको र हाल सम्पर्कमा नरहेको भन्ने जानकारी पाएको बताए।
गाउँपालिका अध्यक्ष भट्टराईले यसबारेमा पौडेलका परिवारले औपचारिक रूपमा जानकारी नगराए पनि आफूले थाहा पाएपछि वडा अध्यक्षलाई विस्तृत जानकारी लिन पठाएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित