गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो

धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन भएपछि यो रुटमा यात्रा गर्दा पोखरा स्याङजा–वालिकबाट भन्दा झण्डै ७० किलोमिटर दुरी छोटो हुन्छ । फलेवासको मुडिकुवा देखि ढिकबाट कुर्घा जोड्ने झण्डै ३ किलोमिटर सडकको स्तरोउन्नती भईरहेको छ ।

पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो । उक्त स्थानमा बन्दै गरेको लमायखोला मोटरेवल पुल समेत सम्पन्न हुँदा यो क्षेत्रबाट बुटवल, पाल्पा लगाएतका जिल्लामा जानका लागि सडक सञ्जाल निकै छोटो हुनेछ ।

लोकमार्गको मुडिकुवाबाट शुरु हुने सार्वजनिक यातायात विहादी गाउँपालिकाको सेतीवेणी हुँदै मिर्मिबाट पाल्पा सडक खण्डमा भएर जान्छ । बुटवल देखि कुश्मासम्मको दुरी छोटो बनाउने उक्त कालीगण्डकी लोकमार्गको पाङराङ, बाच्छा, बर्राचौर हुँदै रानीपानीसम्मको सडक कालोपत्रे भएको छ ।  रानीपानी देखि सेतीवेणी हुँदै मिर्मिसम्मको सडकको स्तरोउन्नती हुँदैछ । यो सवै खण्ड पुरा हुँदा बुटवल देखि कुश्मासम्मको दुरी ७० किलोमिटर भन्दा बढि कम हुनेछ ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतबाट ब्यवसायीक तथा विभिन्न कामको सिलसिलामा पोखरा स्याङजा–वालिक,मुग्लीङ, चितवन हुदै जाने गरिएकोमा अब कालीगण्डकी लोकमार्गबाट सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित